२०८२ अषाढ ३०, सोमबार
24 खबर अपडेट

अनोमा प्रबज्जा स्थलको प्रवद्र्धनमा नवलपरासी उद्योग वाणिज्य संघको पहल

२०८२ अषाढ २७, शुक्रबार प्रकाशित ( दिन अघि) १३६ पाठक संख्या

परासी, २७ असार । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदी किनारमा अवस्थित अनोमाघाट(ठाडिघाट)मा महाभिनिष्क्रमण दिवसको अवसरमा दीप प्रज्जवलन गरिएको छ ।
हालै नेपाल पर्यटन बोर्डबाट अनोमा प्रबज्जा स्थलको रुपमा घोषणा भएको उक्त स्थलको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले नवलपरासी उद्योग वाणिज्य संघले उक्त घोषणाको स्वागत गर्दै खुशीयाली मनाएको हो ।
संघका अध्यक्ष ओमप्रकाश अग्रहरीको नेतृत्वमा असार पूर्णिमा अर्थात बिहीबार साँझ अनोमाघाटमा दीप प्रज्जवलन गरिएको हो । यस क्षेत्रको धार्मिक तथा ऐतिहासिक पक्ष उजागर गरी धार्मिक पर्यटनको विकास गर्न निजी क्षेत्र उत्साहित रहेको अध्यक्ष अग्रहरीले बताउनुभयो ।
“निजी क्षेत्रसहित यस क्षेत्रका नागरिकको लामो समयदेखिको प्रयासले सार्थकता पाएको छ, सरकारले अनोमाघाटलाई आधिकारिक रुपमा भगवान् गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अर्थात अनोमा प्रबज्या स्थलको घोषणा गर्नु गौरवको कुरा हो, यसमा निजी क्षेत्र उत्साहित छ”उहाँले भन्नुभयो ।

A2

अनोमाघाट गौतम बुद्ध पहिलोपटक भिक्षु बनेको ठाउँ हो। कपिलवस्तुबाट बुद्धत्व प्राप्तिका लागि प्रस्थान गरेका सिद्धार्थ गौतमले अनोमाघाटमा आइ केश मुण्डन गरी गेरुवस्त्र धारण गरेको बुद्धग्रन्थहरूमा उल्लेख छ। यही ठाउँबाट उहाँ ज्ञानको खोजीमा बोधगया प्रस्थान गर्नुभएको थियो ।
सिद्धार्थ गौतम युवराज त्यागेर भिक्षु भइ बुद्ध बन्ने प्रक्रियाको सुरुवात भएकाले यो ठाउँलाई नेपालको बोधगयाको रुपमा लिइन्छ। प्रबज्या स्थल घोषणासँगै अनोमाघट अब नयाँ धार्मिक पर्यटनको गन्तव्य बनेको नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेश गुप्ताले बताउनुभयो ।
अनोमाघाटमा कात्र्तिक पूर्णिमामा मेला समेत लाग्ने गर्दछ। अहिले यहाँ एउटा बुद्धको मूर्ति, शिवमन्दिर, धर्मशाला, बगैँचा र कुस्ती रंगशाला रहेको छ। नारायणी तिरमा भएकाले अनोमाघाट प्राकृतिक रुपमा पनि सुन्दर छ। यहाँबाट नरायणीको फराकिलो दृष्य देख्न सकिन्छ। यस क्षेत्रको विकासका लागि स्थानीयवासी सक्रियतापूर्वक लागिरहेको स्थानीयवासी मुन्सी हरिजनले बताउनुभयो ।

A3

 

A4

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस