२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीद्धारा २५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन

२०७८ अषाढ ७, सोमबार प्रकाशित ( साल अघि) १५६४ पाठक संख्या

मोहन पौडेल
परासी, ७ असार । नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल पश्चिम नवलपरासीले जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ । संघको आज बसेको बैठकले संगठनका जिल्ला अध्यक्ष युवराज डुम्रेको अध्यक्षतामा २५१ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।
संगठनका जिल्ला अध्यक्ष डुम्रेको अध्यक्षता तथा नेकपा एमाले पश्चिम नवलपरासीका अध्यक्ष एवं प्रदेशसभा सदस्य दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्य तथा पार्टीका जिल्ला सचिवालय सदस्य एवं बर्दघाट नगर प्रमुख धीरज शर्माँ बस्यालको विशष आतिथ्यमा भएको उक्त बैठकले पाँच सदस्यीय पदाधिकारी तथा २५ सदस्यीय कार्यालय सदस्य सहितको जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको हो । संगठनको उपाध्यक्षमा रामबहादुर भण्डारी, सचिवमा ज्ञानप्रसाद पाठक, सहसचिवमा सुरज यादव र कोषाध्यक्षमा चुडामणि गैरे रहनुभएको छ ।
कार्यालय सदस्यमा धनप्रसाद भट्टराई, सन्दिप अधिकारी, श्रीकृष्ण न्यौपाने, गंगा पाठक, मिलन आचार्य, बिनोद पुन, बिमल बगाले, जयगोबिन्द यादव, बिक्रम पौडेल, राजु ढकाल, सन्देश गुरुङ्ग, गोपिचन्द हरिजन, बिनोद पाण्डेय, जानुका ओझा, रुबिन लामा, डिल्लीराम काफ्ले, कमल गैरे, अमृत्त गुरुङ्ग, रोशन लुईँटेल, रजनी बस्नेत रहनुभएको छ ।
स्थानीय तह अन्र्तगत सुस्ता गाउँपालिका कमिटीको अध्यक्षमा कमल अमात्य, प्रतापपुर गाउँपालिका कमिटीमा महेन्द्र श्रेष्ठ, बर्दघाट नगर कमिटीमा राजेश तिवारी, सुनवल नगर कमिटीमा विनोद पाण्डेय, सरावल गाउँपालिका कमिटीमा पूर्णबहादुर चौधरी, रामग्राम नगर कमिटीमा ईन्द्रेश गुप्ता र पाल्हीनन्दन गाउँपालिका कमिटीमा अशोक राजभरलाई अध्यक्षको जिम्मेवारी दिईएको जिल्ला अध्यक्ष डुम्रेले बताउनुभयो ।
बैठकमा संगठनका स्थायी कमिटी सदस्यहरु रमेश पौडेल, हरिदेव पाण्डे लगायत केन्द्रिय सचिवालय सदस्यहरु, केन्द्रिय सदस्यहरु, पूर्व केन्द्रिय सदस्यहरु लगायतको पनि उपस्थिति रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%३%

प्रतिक्रिया दिनुहोस