२०८२ अषाढ २४, मंगलबार
24 खबर अपडेट

रगतको माग बढ्दै गएपछि सुस्ताको महलबारीमा रक्तदान,२४ युनिट रगत संकलन

२०८२ अषाढ २४, मंगलबार प्रकाशित ( घण्टा अघि) ६६ पाठक संख्या

परासी, २४ असार । जिल्लामा रगतको माग बढ्दै गएपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ महलबारीमा रक्तदान कार्यक्रम गरिएको छ ।
मदन भण्डारी फाउण्डेसन र रिटर्नी फेडेरेसन नवलपरासीको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा २४ युनिट रगत संकलन भएको छ । कार्यक्रममा स्थानीयवासीहरुले रक्तदान गरेको मदन भण्डारी फाउण्डेसन नवलपरासीका अध्यक्ष श्याम कुमार बस्यालले जानकारी दिनुभयो ।
जिल्लाको पूर्वपश्चिम राजमार्ग आसपासका क्षेत्रमा रक्तदानका कार्यक्रम निरन्तर हुने तर दक्षिणी क्षेत्रमा रक्तदानप्रति सचेतना नहुँदा रक्तदानका कार्यक्रम विरलै हुने गरेका छन् । ग्रामीण क्षेत्रका नागरिकलाई पनि रक्तदान गर्न उत्प्रेरित गर्ने र रगतको अभावबाट कसैको पनि अकालमा ज्यान जान नपरोस् भन्ने उद्देश्यले अभियान नै चलाएर रक्तदानका कार्यक्रम गरिएको फाउण्डेसनका अध्यक्ष बस्यालले बताउनुभयो ।
आफूले नेतृत्व लिएको छोटो समयमै तीन वटा रक्तदानका कार्यक्रम सम्पन्न गरिसकेको र केही दिनमै थप पाँच स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी रहेको उहाँले बताउनुभयो । फाउण्डेसनले मानवीय र सामाजिक सेवाका कार्यलाई प्राथमिकताका साथ अघि बढाएको अध्यक्ष बस्यालको भनाइ थियो ।
रिटर्नी फेडेरेसनका जिल्ला अध्यक्ष खगेन्द्र अर्याल(राजु)को अध्यक्षता तथा केन्द्रीय सदस्य एवं संस्थापक जिल्ला अध्यक्ष चिरञ्जिवी खरालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा फेडेरेसनका केन्द्रीय सदस्य रुद्र आले,फाउण्डेसनका जिल्ला अध्यक्ष बस्याल,सुस्ता गाउँपालिकाका पूर्व अध्यक्ष रामप्रसाद पाण्डे, पूर्व उपाध्यक्ष ईन्द्र थरुनी,फाउण्डेसनका जिल्ला सदस्य कृष्णलाल मुखिया, गजेन्द्र गिरी, सुस्ता–३ का वडा अध्यक्ष हरिलाल दुषाध,समाजसेवी युवराज डुम्रे लगायतको पनि सहभागिता थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस