परासी, २१असार । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा सवारी दुर्घटना हुँदा दुई जना युवाको ज्यान गएको छ ।
पाल्हीनन्दन–१ रमपुरवास्थित महेशपुर–भुजहवा सडक खण्डमा भुजहवाबाट आउँदै गरेको लु २ ख ६५४ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको लु ४७ प ४८७९ नम्बरको मोटरसाईकल ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको हो । मोडमा मोटरसाइकलले बसलाई ओभटट्याक गर्न खोज्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटररसाइकलमा सवार प्रतापपुर–४ पचपेडाका २१ वर्षीय भोला राजभर र रामग्राम–१५ डिगवलका २१ वर्षीय राहुल राजभर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरदत्त पन्तले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा निधन भएको हो । बस र बसका चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
C1