२०८२ अषाढ २०, शुक्रबार
24 खबर अपडेट

नवलपरासी उद्योग वाणिज्य संघद्वारा पाल्पाका व्यवसायीलाई परासीमा लगानी गर्न आह्वान

२०८२ अषाढ १९, बिहिबार प्रकाशित ( घण्टा अघि) १३५ पाठक संख्या

मोहन पौडेल
परासी, १९ असार । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले पाल्पाका उद्योगी तथा व्यवसायीलाई परासीमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

अध्ययन अवलोकनको क्रममा बिहीबार पाल्पाको तानसेन पुगेको नवलपरासी उद्योग वाणिज्य संघको प्रतिनिधि मण्डललाई पाल्पा उद्योग वाणिज्य संघद्वारा आयोजित स्वागत तथा छलफल कार्यक्रममा बोल्दै नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष अग्रहरीले ओैद्योगिक हबको रुपमा विकास हुँदै गइरहेको नवलपरासीको परासी क्षेत्रलाई लगानीका लागि उपयुक्त गन्तव्यको रूपमा प्रस्तुत पाल्पाली लगानीकर्तालाइ आह्वान गर्नुभएको हो ।
अध्यक्ष अग्रहरीले पश्चिम नवलपरासी जिल्ला पूर्व–पश्चिम राजमार्गसँग जोडिएको भौगोलिक पहुँच, सहज श्रमशक्ति, बजारको उपलब्धता,कोलकाता बन्दरगाहबाट सबैभन्दा नजिकैको महेशपुर भन्सार,ओैद्योगिक वातावरण,तीनै तहका सरकारसँगको सहकार्यका सम्भावनालाई आधार बनाएर व्यवसाय विस्तार गर्न सकिने उल्लेख गर्नुभयो।
“परासीमा लगानीको वातावरण अनुकूल छ,” उहाँले भन्नुभयो, “यहाँ पछिल्लो समय ठूलाठूला बहुराष्ट्रिय कम्पनी तथा उद्योग स्थापनादेखि व्यापार विस्तारसम्मका लागि आवश्यक पूर्वाधार, प्रशासनिक सहजता र सहकार्यको वातावरण छ।”
अध्यक्ष अग्रहरीले स्थानीय उद्योग वाणिज्य संघ पाल्पासँग सहकार्य गर्दै दुई जिल्लाबीचको व्यापारिक सम्बन्ध अझ प्रगाढ बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभो। उहाँले आर्थिक मन्दी तथा खुला सीमानाका कारणले नवलपरासीका व्यवसायीले भोगिरहेका समस्या र समाधानका लागि भइरहेका पहलका विषयमा पनि प्रकाश पार्नुभएको थियोे ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पाल्पा जिल्ला पर्यटन,धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको बताउँदै यहाँको पर्यटन विकासमा सहयोग गर्न आग्रह गर्नुभएको थियोे ।
पाल्पाली उद्योगी व्यवसायीको हितमा संघले विभिन्न कार्यहरू गर्दै आएको बताउँदै उहाँले संघमा व्यवसायीलाई आकर्षित गर्न हित कोष लगायतका योजना सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा दुवै उद्योग वाणिज्य संघका पदाधिकारीले उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या तथा समाधानका विषयमा छलफल गर्दै एक आपसका अनुभव आदानप्रदान गरेको नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरीले जानकारी दिनुभयो । यश कार्यक्रमले दुवै जिल्लाका व्यवसायीबीचको सम्बन्ध थप प्रगाढ भएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहन प्रसाद श्रेष्ठले सरकारले ल्याएको बजेट,नीति तथा कार्यक्रममा निजी क्षेत्रका धेरै माग समेटिएको बताउनुभयो । उहाँले ओैद्योगिक वातावरण बनिरहेको नवलपरासी जिल्लामा लगानी गर्न समन्वय,सहकार्य गर्ने समेत उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस