२०८२ अषाढ १७, मंगलबार
24 खबर अपडेट

पाल्हीनन्दनमा अपांगता समावेशी विपद जोखिम व्यस्थापन सम्बन्धि अभिमुखीकरण

२०८२ अषाढ १३, शुक्रबार प्रकाशित ( दिन अघि) १२८ पाठक संख्या

परासी, १३ असार । अपांगता समावेशी विपद जोखिम व्यवस्थापनका विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दनका अभिमुखीकरण गरिएको छ। विपदको बेला अपांगता भएका तथा सामाजिक रुपले पिछडिएका अन्य वर्गहरु अरु भन्दा बढी जोखिममा पर्ने भएकोले उनीहरुको सुरक्षा, खोज, उद्धार र राहतमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको हो ।
पाल्हीनन्दन गाउँपालिकामा कार्यरत विषयगत शाखा प्रमुखहरुलाई लक्षित गरिएको उक्त अभिमुखीकरण कार्यक्रम यूनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा सुनवल सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित अपांगता समावेशी विकास परियोजनाको आयोजनामा भएको थियो ।
कार्यक्रममा सहजीकरण गर्दै परियोजनाका संयोजक श्याम सुन्दर ढुंगानाले अपांगता भएका व्यक्तिहरु सामान्य अवस्थामै पनि अन्य व्यक्तिको तुलनामा बढी जोखिममा हुने भन्दै विपदको बेला त थप जोखिममा पर्ने र बढी प्रभावित हुने गरेको बताउनुभयो । अशक्त अपांगता भएका महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई केन्द्रविन्दुमा राखेर विपद जोखिमबाट बचाउनुपर्ने उहाँले बताउनुभयो ।
सरकारले जारी गरेको विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मादपण्ड २०८१ म गरिएको व्यवस्थालाई केन्द्रमा राखेर विपद व्यवस्थापन गर्न उहाँले स्थानीय विपद व्यवस्थापन समितिलाई आग्रह गर्नुभयो । विगत तीन वर्षदेखि यो परियोजनाले जिल्लाको पाल्हीनन्दन र प्रतापपुरमा अपांगता भएका व्यक्तिहरुको हकअधिकार तथा जीविकोपार्जनमा सहयोग पुग्ने कार्यहरु गर्दै आएको छ । सुनवल सामुदायिक विकास केन्द्रले दुई वटै पालिकालाई विपद जोखिम न्यूनीकरणमा सहयोग गर्न आवश्यक राहत तथा उद्धार सामग्री पनि उपलब्ध गराउँदै आएको केन्द्रकी पुनःस्थापना तथा समावेशी संयोजक राधा तिमिल्सिना सापकोटाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस