२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

बर्दघाटको पहाडी क्षेत्रका कृषकलाई स्प्रे ट्यांकी र जैविक विषादी वितरण

२०७८ अषाढ ६, आईतबार प्रकाशित ( साल अघि) ५२१ पाठक संख्या

परासी, ६ असार । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पहाडी क्षेत्रका कृषकलाई स्प्रे ट्यांकी र जैविक विषादी वितरण गरिएको छ । बर्दघाट- २ स्थित पहाडी क्षेत्रमा ४० वटा स्प्रे टंकी र २५० वटा जैविक विषादी वितरण गरिएको नगरको कृषि शाखाले जनाएको छ ।
उक्त अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै नगरप्रमुख धीरज शर्मा बस्यालले मकैमा लागेको फौजि किराको असरलाई रोकथाम तथा न्यूनिकरण गर्नका लागि यी सामग्री कृषकलाई वितरण गरिएको जानकारी दिनुभयो ।
चुरे पहाडका प्रत्येक टोललाई उक्त सामग्री वितरण गरिएको कृषि शाखाका जेटिए खुमकान्त न्यौपानेले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष दया दर्लामीलगायत जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस