२०८२ अषाढ १७, मंगलबार
24 खबर अपडेट

मदन भण्डारी फाउण्डेसनद्धारा सरावलको भुजहवामा वृहत वृक्षारोपण

२०८२ अषाढ ११, बुधबार प्रकाशित ( दिन अघि) १६६ पाठक संख्या

परासी, ११ असार । मदन भण्डारी फाउण्डेसन पश्चिम नवलपरासी जिल्ला शाखाको आयोजनामा सरावलको भुजहवामा बृहत वृक्षारोपण गरिएको छ । जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्र्तगत चौथो दिन वृक्षारोपण गरिएको हो ।
सरावल–७ भुजहवास्थित जनता माविको प्रांगढमा विभिन्न जातका १६० विरुवाहरु रोपिएको फाउण्डेसनका जिल्ला सदस्य एवं उक्त कार्यक्रमका संयोजक वीरेन्द्र यादवले जानकारी दिनुभयो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, फाउण्डेसनका पदाधिकारी एवं स्थानीयहरुको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा प्रमुख अतिथि सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जननेता मदन भण्डारीले देखाएको पथमा जान सके मुलुकको समृद्धि हुने बताउनुभयो । उहाँले मदन जयन्तीको अवसरमा फाउण्डेसनले सप्ताहव्यापी कार्यक्रम गरी जिल्लाको ग्रामीण क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले फाउण्डेसनले जिल्लामा पहिलोपटक सप्ताहव्यापी रुपमा विभिन्न रचनात्मक कार्यक्रम गरी मदन भण्डारीको जन्मजयन्ती मनाइरहेको जानकारी गराउनुभयो । उहाँले सामाजिक सेवासँगै मदन भण्डारीको विचारलाई जनस्तरसम्म फैलाउन र नेकपा एमालेलाई सुदृढ बनाउन यो अभियानले महत्वपूर्ण टेवा पुर्याउने दाबी गर्नुभयो ।
कार्यक्रममा सरावल गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, वडा नृं७ का वडा अध्यक्ष ह्यात खाँ धुनिया, फाउण्डेसनका पूर्व जिल्ला सचिव देवराज श्रेष्ठ, सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुशान्त शर्मा घिमिरे लगायतको पनि सहभागिता थियो ।

B2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस