परासी, ११ असार । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिकाले आर्थिक बर्ष २०८२/८३ का लागि रु ९७ करोड ७२ लाखको बजेट सार्बजनिक गरेको छ ।
नगरको मंगलबार सम्पन्न १६ औ नगर सभामा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले उक्त बजेट सार्बजनिक गर्नुभएको हो ।
उहाँका अनुसार कुल बिनियोजन रकम मध्ये चालू खर्च तर्फ रु ५७ करोड ४७ लाख र पुँजीगत तर्फ रु ४० करोड २७ लाख बजेट बिनियोजन गरिएको छ ।
नगरपालिकाले संघ सरकारको श्रोतबाट रु ५३ करोड ७० लाख,प्रदेश सरकारबाट रु ३ करोड ५७ लाख ३८ हजार,नगरपालिकाको आन्तरिक श्रोत तर्फ गत बर्षको अल्या समेत रु १६ करोड,राजश्व बाँडफाँड बाट रु २३ करोड ९४ लाख ६२ हजार प्राप्त हुने अनुमान गरेको छ ।
रु ५० लाख नागरिकको लागत सहभागिता बाट प्राप्त हुने अनुमान गरिएको बजेट वक्तव्यमा समावेस रहेको छ । बिपद ब्यवस्थापन कोष तर्फ ४० लाख र नमुना वडा बिकास कार्यक्रम तर्फ रु १ करोड बिनियोजन गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर अघि बढिएको जनाएको छ ।नगरप्रमुख शम्भुलाल श्रेष्ठले नगर गौरवका योजना लाई समेत बजेटमा प्राथमिकता दिईने उल्लेख गर्नुभयो । वडाबाट आएका योजनाहरुलाई प्राथमिकिकरण गरेर बजेट संसोधन गरिएको समेत श्रेष्ठले जानकारी दिनुभयो ।
यसै गरी नगरसभाले पदावधि सकिएकाले सबै बिषयगत समितिहरुलाई बिघटन गरेको छ ।पुनः नया बिषयगत समितिहरु गठन गरेर अघि बढिने नगर प्रमुख श्रेष्ठले बताउनुभयो। नगर सभाले विभिन्न बिधयेक एव ऎनहरु समेत सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिनुभयो । नगर सभाको अर्को बैठक असार २७ गते हुने बताईएको छ ।
C1