२०८२ अषाढ १७, मंगलबार
24 खबर अपडेट

रामग्रामको बजेट एक अर्ब ३१ करोड

२०८२ अषाढ ११, बुधबार प्रकाशित ( दिन अघि) २०१ पाठक संख्या

मोहन पौडेल
परासी, ११ असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले एक अर्ब ३१ करोड बढीको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलबार सम्पन्न १६ औँ नगरसभाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि एक अर्ब ३१ करोड ३६ लाख बराबरको बजेट पारित गरेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।
सभामा नगर प्रमुख धनपत यादवले नीति तथा कार्यक्रम र उपप्रमुख सम्झना चौधरीले बजेट वक्तव्य पेश गर्नुभएको थियो । उपप्रमुख चौधरीले पेश गरेको बजेट वक्तव्य अनुसार संघीय सरकारबाट समानीकरण अनुदान रु १६ करोड १५ लाख,समपुरक अनुदान पुँजीगत रु एक करोड ९९ लाख,सशर्त अनुदान चालु रु २७ करोड तीन लाख र विशेष अनुदान पुँजीगत रु ७५ लाख प्राप्त हुने प्रक्षेपण गरेको छ ।
प्रदेश सरकारबाट समानीकरण अनुदान रु एक करोड १३ लाख ४२ हजार,समपुरक अनुदान एक करोड ५० लाख रुपैयाँ,सशर्त अनुदान चालु रु ५ लाख र सशर्त अनुदान पुँजीगत रु एक करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै आम्दानीतर्फ नै राजस्व बाँडफाँडतर्फ घरजग्गा रजिष्टे«शन दस्तुरबाट रु ५ करोड,मूल्य अभिवृद्धि करबाट रु ९ करोड २६ लाख ८८ हजार,अन्त शुल्कबाट रु ३ करोड ८९ लाख, सवारी साधन करबाट रु एक करोड २५ लाख,विज्ञापन करबाट रु ५ लाख,वन रोयल्टी रु ६ लाख पचास हजार, दहत्तर बहत्तरको विक्रीबाट प्राप्त रु ३० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
रामग्राम नगरपालिकाले यस वर्षदेखि कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरुलाई निःशुल्क पढाउने भएको छ । छात्राहरुलाई शिक्षामा प्रोत्साहन गर्न निःशुल्क शिक्षा दिने नीति ल्याएको नगर प्रमुख यादवले बताउनुभयो । विद्यार्थीको उपस्थिति बढाउन यसअघि नै शुरु गरिएको प्रतिदिन रु १० छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
नगरपालिकाले परासी बजारमा बहुउद्देश्यीय भवन बनाउन रु नौ करोड विनियोजन गरेको छ । नवप्रवर्तन कार्यक्रम अन्र्तगत प्रदेश सरकारसँगको साझेदारीमा अमरौटमा होमस्टे सञ्चालनका लागि प्रदेश सरकारबाट एक करोड ६ लाख र नगरपालिकाबाट रु ९२ लाख बजेट विनियोजन गरिएको नगर प्रमुख यादवले बताउनुभयो ।
किसानलाई उत्पादनको आधारमा दुधमा अनुदान दिने नगरपालिकाको नीतिमा समावेश गरिएको छ । नगरपालिकाले बाढी नियन्त्रणका लागि झरही करिडोर निर्माणलाई अघि बढाउने भएको छ भने पण्डितपुरलाई बुद्ध मावलीको रुपमा स्थापित गर्न आवश्यक पहल गर्ने जनाएको छ । बेरुजु नियन्त्रण गर्न यसवर्ष रु दश करोड बेरुजु घटाउने नीति ल्याइएको छ । वडा नं. १५ मा करिब १८ विघा क्षेत्रफलमा वृक्षारोपण गर्ने कार्यक्रमसहित विगत देखि नै सञ्चालनमा रहेका नगर गौरवका योजनाहरुलाई निरन्तरता दिइएको नगर प्रमुख यादवले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस