२०८२ अषाढ ९, सोमबार
24 खबर अपडेट

प्रतापपुरको बजेट रु ७६ करोड ३९ लाख

२०८२ अषाढ ९, सोमबार प्रकाशित ( घण्टा अघि) ६१ पाठक संख्या

परासी,९ असार । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले ७६ करोड ३९ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आइतबार सम्पन्न १८ औँ गाउँसभाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि रु ७६ करोड ३९ लाख ६७ हजार बराबरको बजेट पारित गरेको हो ।
सभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरीले कूल बजेट मध्ये चालु खर्चतर्फ ५२ करोड ५० लाख २२ हजार रुपैयाँ अर्थात ६८.७२ प्रतिशत र पुँजिगत खर्च तर्फ २३ करोड ८९ लाख ४५ हजार रुपैयाँ अर्थात ३१.२८ प्रतिशत विनियोजन गरिएको बताउनुभयो । गाउँपालिकाले आन्तरिक आय ३ करोड प्रक्षेपण गरेको छ ।
गाउँसभाले आगामी आर्थिक बर्ष ८२÷८३ को नीति तथा कार्यक्रम पनि पारित गरेको छ । सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले कृषि,स्वास्थ्य,शिक्षा तथा खानेपानीका क्षेत्रलाई बिशेष प्राथमिकता दिएको बताउनुभयो । शिक्षातर्फ माध्यमिक बिद्यालयमा प्राविधिक धारको कक्षा संचालन गर्ने, अध्यक्ष शैक्षिक बेरोजगार अन्त्य कार्यक्रम,जेहेन्दार, गरिब तथा दलित छात्राछात्रहरुलाई छात्रबृत्ति प्रोत्साहन गर्ने प्राबिधिक शिक्षालाई जोड दिएको उहाँले उल्लेख गर्नुभयो ।
स्वास्थ्य क्षेत्र सुधार गर्न एक गाउँ एक स्वास्थ्यकर्मी कार्यक्रम, उपाध्यक्ष कोसेली बितरण कार्यक्रम तथा सुरक्षा निकायसंग समन्वय गरी सुरक्षित प्रतापपुर कार्यक्रम सञ्चालन गर्ने नीति ल्याएको अध्यक्ष यादवले जानकारी दिनुभयो ।
बाल बिवाह नियन्त्रण गर्नका लागि उमेर पुगेका छोरीको विवाह हुदाँ सहुलियत स्वरुप आर्थिक सहयोग प्रदान गर्ने र कृषि क्षेत्रमा किसानलाई बिद्युत मिटर जडान गर्न लाग्ने खर्च पालिकाले ब्योहोर्ने, केरा जोन बिकास गर्ने, उद्योगतर्फ पाँच लाख भन्दा बढी लगानीमा उद्योग स्थपना गर्ने उद्योगीहरुलाई ५ बर्ष बराबरको पालिकामा लाग्ने सम्पूर्ण कर छुट दिने समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
मिसन रोजगारी दिगो रोजगारी र उद्यमशिलता प्रवद्र्धन अभियान संचालन गर्ने,प्रत्येक वडामा एक खेलमैदान बनाउने र गाउँपालिका स्तरिय अध्यक्ष कप खेलकुद प्रतियोगिता संचालन गर्ने कार्यक्रम पनि समावेश छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस