२०८२ अषाढ ५, बिहिबार
24 खबर अपडेट

सुनवलमा बजार अनुगमन, पाउरोटी उद्योगलाई जरिवाना

२०८२ अषाढ ५, बिहिबार प्रकाशित ( घण्टा अघि) ८५ पाठक संख्या

परासी, ५ असार । पश्चिम नवलपरासीको सुनवलमा बजार अनुगमन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीको नेतत्वमा जिल्ला बजार अनुगमन समितिले विहीबार सुनवलका खाद्यन्न पसल, होटल तथा रेष्टुरेण्ट, बेकरिज उद्योग लगायतको संयुक्त अनुगमन गरेको हो ।
अनुगमनको क्रममा सुनवल–४ स्थित जय माँ अम्बे पाउरोटी उद्योगलाई जरिवाना गरिएको छ । लेबल बिनै बजारमा पाउरोटी विक्रीका लागि पठाएको र उद्योगमा सरसफाइ पनि कमी देखिएकोले जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीले जानकारी दिनुभयो । प्रशासनले रु ५ हजार जरिवाना तिराएको हो ।

K2

 अनुगमन समितिले उक्त क्षेत्रका १० वटा व्यवसायिक प्रतिष्ठानहरुमा अनुगमन गरेको घरेलु तथा उद्योग कार्यालय नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलले बताउनुभयो । अनुगमनको क्रममा म्याद गुज्रेका, लेबल नभएका खाद्य पदार्थ जफत गरिएको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञा पत्र नलिएका मिठाइ पसल तथा होटललाई तत्काल अनुज्ञा पत्र लिन सचेत गराइएको छ ।

मिठाइ पसल, होटल तथा रेष्टुरेण्टलाई भान्साको सरसफाइमा ध्यान दिन सचेत गराइएको छ । लेबल नभएका वस्तु नबेच्न तथा दर्ता प्रमाणपत्रहरु पसलमा देखिने गरी राख्न पनि आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी भण्डारीको नेतृत्वमा घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि तथा पत्रकारसहितको टोलीले बजार अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले बताउनुभयो । अनुगमनलाई निरन्तरता दिइने समितिले जनाएको छ ।

K3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस