२०८२ अषाढ ५, बिहिबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजमा आबद्ध सदस्यहरुलाई पोशाक वितरण

२०८२ अषाढ ५, बिहिबार प्रकाशित ( घण्टा अघि) ६७ पाठक संख्या

परासी, ५ असार । रामग्राम महिला जेसीज परासीले आफ्नो संस्थामा आबद्ध सदस्यहरुलाई पोशाक वितरण गरेको छ । रामग्राम–६ पोखरापालीमा बुधबार आयोजित कार्यक्रममा संस्थामा आबद्ध सबैलाई पोशाक वितरण गरिएको हो ।
संस्थामा आवद्ध सदस्य, पदाधिकारी तथा पूर्व अध्यक्षहरु गरी ६२ जनालाई वर्ष २०२५ को जेसीज पोशाक वितरण गरिएको रामग्राम महिला जेसीज वर्ष २०२५ की अध्यक्ष प्रिती अग्रहरीले जानकारी दिनुभयो । पाल्हीनन्दन गाउँपालिकाको सहयोगमा उक्त पोशाक उपलब्ध गराइएको हो ।
जेसीजमा आवद्ध महिलाको सशक्तीकरण र एकरुपता ल्याउन पोशाक वितरण गरिएको अध्यक्ष अग्रहरीले बताउनुभयो । संस्थागत पहिचान र आत्मबल अभिवृद्धिमा पोशाकले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले आगामी दिनमा पनि थप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले महिला शसक्तीकरणमा रामग्राम महिला जेसीजको महत्वपूर्ण योगदान गरेको बताउनुभयो । आफू पनि यसै संस्थाको माध्यमबाट नेतृत्व तहमा पुगेको बताउँदै उहाँले आगामी दिनमा पनि यस क्षेत्रका युवा महिलाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सहयोग पुग्ने तालिम लगायतका कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीज वर्ष २०२५ का अध्यक्ष विष्णुराज राव, रामग्राम जेसीजका निवर्तमान अध्यक्ष मोहन पौडेल, महिला जेसीजकी निवर्तमान अध्यक्ष विनिता खड्का, पूर्व अध्यक्षहरु प्रभा ज्ञवाली,माया अग्रहरी, पुष्पा लामा,कार्यकारीणी उपाध्यक्ष बिमला आचार्य,उपाध्यक्ष उमा गुप्ता लगायतले शुभकामना व्यक्त गर्नुभएको रामग्राम महिला जेसीज वर्ष २०२५ की महासचिव लक्ष्मी चौधरी मल्लले जानकारी दिनुभयो ।

J2

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस