२०८२ अषाढ १, आईतबार
24 खबर अपडेट

नवलपरासीमा ३९ रक्तदाता र संस्थालाई सम्मान(सूचीसहित)

२०८२ अषाढ १, आईतबार प्रकाशित ( घण्टा अघि) १२४ पाठक संख्या

मोहन पौडेल
परासी, १ असार । पश्चिम नवलपरासीमा रक्तदातासहित ३९ जनालाई सम्मान गरिएको छ । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीले रक्तदाता संस्था र व्यक्तिलाई सम्मान गरेको हो ।
शनिबर पाल्हीनन्दनको महेशपुरमा आयोजित कार्यक्रममा गत एक वर्षको अवधिमा रक्तदान कार्यक्रम आयोजना गर्ने २५ वटा संस्थाहरु तथा पन्ध्र पटक भन्दा धेरै रक्तदान गरेका १४ जना रक्तदातालाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले जानकारी दिनुभयो ।
पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा रक्तदाता संस्था र व्यक्तिलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । रगतको अभावमा छट्पटाइरहेका बिरामीलाई आकस्मिक रक्तदान गरी जीवन बचाउन सहयोग गरेका व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्न सम्मान गरिएको अध्यक्ष अग्रहरीले बताउनुभयो ।
पूर्व गृह राज्यमन्त्री कँडेलले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण काम भएकोले रक्तदान गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि निरन्तर रक्तदान गरी मानवीय सेवामा योगदान गर्न आग्रह गर्नुभयो । नेता कँडेलले जिल्ला रक्त सञ्चार सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने बचन पनि दिनुभयो ।
कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अलि मोमिन, पाल्हीनन्दन–१ का वडा अध्यक्ष चुल्हाइ यादव, रेडक्रस जिल्ला शाखाका उपमन्त्री एवं रक्त सञ्चार संयोजक सुरज केसी,रक्तदाता धर्मेन्द्र यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको रेडक्रस जिल्ला शाखाको वरिष्ठ अधिकृत मुरारी गुप्ताले जानकारी दिनुभयो ।
यी हुन् सम्मानीत हुने व्यक्ति तथा संस्थाहरु
रक्तदाता (१५ पटक भन्दा धेरै)
१.कृष्ण नेपाली, बर्दघाट
२.गोविन्द यादव, रामग्राम
३.सन्दिप न्यौपाने, बर्दघाट
४.भेषनारायण चौधरी, सरावल
५.ईन्द्रेस गुप्ता, रामग्राम
६.सुधिर ज्ञवाली, बर्दघाट
७.सिद्धान्त श्रेष्ठ,बर्दघाट
८.धर्मेन्द्र कुमार यादव, रामग्राम
दुर्लभ रक्तदाता(३ पटक भन्दा धेरै)
९.समा पहारी, रामग्राम
१०.मनोज कुमार चमार, रामग्राम
११.सञ्जय कुमार गुप्ता, बर्दघाट
१२.शैलेस प्रसाद यादव, रामग्राम
१३.डा.राजकुमार गुप्ता, पाल्हीनन्दन
१४.दीपक श्रेष्ठ, बर्दघाट
रक्तदान आयोजना गर्ने संस्थाहरु
१.पृथ्वीचन्द्र अस्पताल परासी
२.सरावल उद्योग वाणिज्य संघ
३.नेपाल रेडक्रस सोसाइटी परासी उपशाखा
४.सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता
५.सत्य साई केन्द्र, परासी
६. सिद्धी लक्ष्मी स्टिल्स् प्रालि रामग्राम
७.बडेरा सामुदायिक वन उपभोक्ता समूह, सुनवल
८.साना किसाना कृषि सहकारी संस्था लिमिटेड, बर्दघाट
९.सरस्वती मावि, बर्दघाट
१०.सशस्त्र प्रहरी सीमा सुरक्षा बल,२६ नं. हेडक्वाटर बेलाशपुर
११.रामग्राम जेसीज २०२४
१२.त्रिभुवन मावि प्रतापपुर
१३.साइकल व्यवसायी संघ, सरावल
१४.रिलाइभ फार्मेसी, बर्दघाट
१५.द पायनियर स्कूल सुनवल
१६.परिवर्तन फाउण्डेसन सुधार केन्द्र, रामग्राम
१७.नव जीवन युवा क्लव, बर्दघाट
१८.ब्रजेश्वरी ईण्ड्रष्टिज प्रालि, रामग्राम
१९.पारस मेडिकल, सरावल
२०.पाल्हीनन्दन–४ वडा कार्यालय, पाल्ही
२१.पाल्हीनन्दन–५ वडा कार्यालय, गेरमी
२२.नेपाल रेडक्रस सोसाइटी, पाल्ही उपशाखा
२३.नेपाल रेडक्रस सोसाइटी, बर्दघाट उपशाखा
२४.नवलपरासी उद्योग वाणिज्य संघ, परासी
२५.नेपाल रेडक्रस सोसाइटी कुश्मा उपशाखा

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस