२०८२ अषाढ १, आईतबार
24 खबर अपडेट

भ्रष्टाचार बिरुद्ध सशक्त संर्घष गर्ने आरसीपी नेपाल रामग्रामको चेतावनी

२०८२ जेष्ठ ३२, शनिबार प्रकाशित ( घण्टा अघि) ८७ पाठक संख्या

नवलपरासी,३१ जेठ ।  मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामग्राम नगर संगठन समितिले संस्थागत भष्ट्रचार बिरुद्ध सशक्त संर्घष गर्ने चेतावनी दिएको छ ।

उक्त पार्टीको रामग्राम नगर संगठन समितिले शनिवार परासीमा आयोजना गरेको एक प्रशिक्षणमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्रबहादुर थापाले भष्ट्रचार बिरुद्ध निर्मम ढंगले संर्घष गर्ने चेतावनी दिए ।
त्यस्तै पार्टीका अर्का केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले भष्ट्रचार मुलुककैे पहिलो समस्या रहेको चर्चा गर्दै भष्ट्रहरु जनप्रतिनिधि होस् वा नोकरशाह उनीहरुलाई कुनै पनि हालतमा जनताले नछाड्ने बताए ।

‘भष्ट्रचारले देश खोक्रो पारेको छ । दलाल संसदीय ब्यवस्थाले भष्ट्रहरुलाई कारवाही गर्ने ल्याकत राख्दैन । अनेकौ काण्डहरुका नाइकेहरुले कानुनको छिद्रलाई दुरुपयोग गरेर लुट मच्चाइरहेका छन् । अब जनतालाई सैह्य हुने अवस्था नै छैन– उनको भनाई उदृत गर्दै एक सदस्यले भने – त्यसैले संस्थागत भष्ट्रचारका बिरुद्ध जनताले नै जनकारवाही संचालन गर्ने समय आएको छ । त्यसमा हाम्रो सशक्त उपस्थिति हुन्छ । चरणबद्ध रुपमा जनता भष्ट्रहरु खिलाप जनता उठनेछन् ।’
पार्टीका रामग्राम नगर संयोजक जयफूल्लाह हसनले भष्ट्रचार बिरुद्धको अभियान यही असार पाँच गते उद्घाटन गर्ने तयारी रहेको जानकारी गराए । अभियानको पूर्व तयारी स्वरुप पार्टीका आन्तरिक कामहरु जारी रहेको उक्त पार्टीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस