२०८२ जेष्ठ ३१, शुक्रबार
24 खबर अपडेट

नवलपरासी उद्योग वाणिज्य संघको स्थापना दिवसमा रक्तदान,२५ प्रिन्ट रगत संकलन

२०८२ जेष्ठ ३०, बिहिबार प्रकाशित ( दिन अघि) १४३ पाठक संख्या

परासी, २९ जेठ । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नवलपरासी उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको सो कार्यक्रममा संघका सदस्य, स्थानीय व्यवसायी, युवाहरू तथा सर्वसाधारणको सहभागिता रहेको थियो भने कार्यक्रम परासीस्थित संघको कार्यालय सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सञ्चालित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो । पछिल्लो समय जिल्लामा रगतको अभाव हुँदा बिरामी छट्पटाउनुपरेको समस्यालाई मध्यनजर गर्दै संघले आफ्नो ४७ औँ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको उहाँले बताउनुभयो । रक्तदानजस्तो जीवनदायी कार्यमा सहभागिता जनाएका सम्पूर्ण रक्तदाता, स्वयंसेवक तथा सहयोगी संस्थाप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव भण्डारीले संघको स्थापना दिवसको अवसरमा समाजसेवामुखी कार्यमार्फत समुदायसँगको सम्बन्ध अझ बलियो बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले उद्योगी व्यवसायीको हित हुने गरी संघका गतिविधिलाई बढाउन आग्रह समेत गर्नुभयो ।
उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरी, पत्रकार महासंघका अध्यक्ष केशव पराजुली, नवलपरासी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी, महासचिव तारा आचार्य लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको संघका कार्यकारी सचिव रामशंकर कुर्मीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस