२०८२ जेष्ठ ३१, शुक्रबार
24 खबर अपडेट

विपद व्यवस्थापन प्रभावकारी बनाउन जिल्ला स्तरीय गोष्ठी

२०८२ जेष्ठ ३०, बिहिबार प्रकाशित ( दिन अघि) १०९ पाठक संख्या

परासी, २९ जेठ । विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा उपशाखाका पदाधिकारी र स्वयमसेवकहरुलाई लक्षित गरि जिल्ला स्तरीय विपद् व्यवस्थापन गोष्ठी सम्पन्न भएको छ ।
विहीबार सदरमुकाम परासीमा सम्पन्न गोष्ठीमा जिल्लास्थित विभिन्न स्थानीय तहमा क्रियाशील रेडक्रसका स्थानीय उपशाखाका पदाधिकारी तथा प्रतिनिधिहरुको सहभागिता थियो । कार्यक्रममा विपद् पूर्व तयारी, तालिम, स्थानीय स्रोत परिचालयन, समन्वय र आपतकालीन सूचना व्यवस्थपनका विषयमा छलफल भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले जनाएको छ ।
विपद् व्यवस्थापनमा स्थानीय उपशाखाहरुलाई सक्रिय बनाउने र राहत तथा उद्धारका कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले गोष्ठी सञ्चालन गरिएको रेडक्रस जिल्ला शाखाका कार्यकारी सदस्य एवं विपद् व्यवस्थापन संयोजक अर्जुन बहादुर क्षेत्रीले जानकारी दिनुभयो । उक्त अवसरमा रेडक्रसका जिल्ला परियोजना संयोजक अनुप खड्काले प्रशिक्षण दिनुभएको थियो ।

02

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सभापति अग्रहरीले स्थानीय तहसँगको समन्वय र सहकार्यबाट मात्र विपद् व्यवस्थापन प्रभावकारी हुने बताउँदै उपशाखाहरुलाई अझ सशक्त र सक्रिय हुन जोड दिनुभयो । उहाँले विपद्को समयमा रेडक्रसको भूमिका सबैभन्दा महत्वपूर्ण हुने भएकोले सम्भावित विपदको जोखिमलाई मध्यनजर गर्दै तयारी अवस्थामा रहन पनि आग्रह गर्नुभयो ।
उक्त गोष्ठीमार्फत उपशाखाहरुलाई स्थानीय तहसँगको समन्वय र सहकार्य बढाउन, न्यूनतम राहत सामग्री तयारी अवस्थामा राख्न,उपशाखाहरुको सक्रियतालाई थप प्रभावकारी बनाउन जोड दिइएको रेडक्रस जिल्ला शाखाका वरिष्ठ अधिकृत मुरारी गुप्ताले जानकारी दिनुभयो ।
उक्त अवसरमा रेडक्रस लुम्बिनी प्रदेशका कोषाध्यक्ष हैदर अलि मोमिन, जिल्ला शाखाका सदस्य अर्जुन बहादुर क्षेत्री, विभिन्न उपशाखाका सभापतिहरु लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो । गोष्ठीमा जिल्लामा रहेका १६ वटा उपशाखा मध्ये १३ वटा उपशाखाको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस