२०८२ जेष्ठ ३१, शुक्रबार
24 खबर अपडेट

नवलपरासीमा मदन भण्डारीको ७४ औँ जन्मजयन्ती साताव्यापी कार्यक्रमका साथ मनाइने

२०८२ जेष्ठ ३०, बिहिबार प्रकाशित ( घण्टा अघि) १७८ पाठक संख्या

मोहन पौडेल
परासी, २९ जेठ । जननेता मदन भण्डारीको ७४ औँ जन्मजयन्ती पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रमसहित साताव्यापी रुपमा मनाइने भएको छ ।
मदन भण्डारी फाउण्डेसन जिल्ला समिति पश्चिम नवलपरासीले भण्डारीको जयन्तीका अवसरमा सप्ताहव्यापी रुपमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । फाउण्डेसनको प्रथम जिल्ला अधिवेशन पछि आज परासीमा सम्पन्न प्रथम बैठकले उक्त निर्णय गरेको जिल्ला अध्यक्ष श्याम कुमार बस्यालले जानकारी दिनुभयो ।
नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको लागि जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरेका नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको जन्म वि.स.२००९ साल असार १४ गते ताप्लेजुङ्गको ढुँगेसाँधुमा भएको थियो ।
मदन भण्डारी फाउण्डेसन नवलपरासीका अध्यक्ष बस्यालका अनुसार यही असार ८ देखि सप्ताहव्यापी कार्यक्रम सञ्चालन हुनेछन् । जसअन्र्तगत पहिलो दिन सप्ताहव्यापी कार्यक्रमको उद्घाटनसहित रक्तदान कार्यक्रम फाउण्डेसनका सदस्य सुदीप पौडेलको संयोजकत्वमा सुनवलको भूमहीमा  हुनेछ ।
दोस्रो दिन असार ९ गते सहिद विष्णुप्रसाद पाण्डे स्मृति पार्क सुनवल वनकट्टीमा वृक्षारोपण कार्यक्रम सदस्य केशवप्रसाद अर्यालको संयोजकत्वमा हुनेछ भने तेस्रो दिन असार १० गते जनता मावि सरावलमा वृक्षारोपण कार्यक्रम सदस्य वीरेन्द्र यादवको संयोजकत्वमा हुनेछ ।
चौथो दिन असार ११ गते प्रतापपुरमा वृक्षारोपण कार्यक्रम प्रियंका चौधरीको संयोजकत्वमा आयोजना हुनेछ भने पाँचौ दिन असार १२ गते खुल्ला कविता प्रतियोगिता कुलदेव श्रेष्ठको संयोजकत्वमा बर्दघाटमा आयोजना हुने अध्यक्ष बस्यालले बताउनुभयो ।
छैठौँ दिन असार १३ गते परासीस्थित दृष्टविहीन बालबालिकालाई सहयोग कार्यक्रम अवधराज यादवको संयोजकत्वमा हुनेछ भने अन्तिम दिन असार १४ गते विचार गोष्ठी तथा जन्मजयन्ती विशेष कार्यक्रम विनोद कुँवरको संयोजकत्वमा सम्पन्न गरिने फाउण्डेसनले जनाएको छ ।
जिम्मेवारी बाँडफाँड
गत जेठ १७ गते सम्पन्न प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको मदन भण्डारी फाउण्डेसन जिल्ला समिति नवलपरासीले पदाधिकारी चयनसहित सदस्यहरुको जिम्मेवारी बाँडफाँड पनि गरेको छ । अध्यक्ष बस्यालका अनुसार फाउण्डेसनको जिल्ला उपाध्यक्षमा बर्दघाटका नारायण अधिकारी, सचिवमा सुनवलका चोलाकान्त रेग्मी र कोषाध्यक्षमा प्रतापपुरकी प्रियंका चौधरीलाई चयन गरिएको छ ।
यसैगरी सातै स्थानीय तहमा समन्वय गर्न समन्वयकर्ताको जिम्मेवारी पनि दिइएको छ। जसअनुसार सुनवल नगरपालिकामा तारा सुनार, रामग्राम नगरपालिकामा विनोद कुँवर, बर्दघाट नगरपालिकामा गजेन्द्र गिरी,सरावल गाउँपालिकामा वीरेन्द्र यादव,प्रतापपुर गाउँपालिकामा दीलिप यादव, सुस्ता गाउँपालिकामा कृष्णलाल मुखिया र पाल्हीनन्दन गाउँपालिकामा समन्वय गर्न अफ्ताव आलमलाई जिम्मेवारी दिइएको छ ।
यसैगरी उक्त बैठकले मदन भण्डारी फाउण्डेसन नवलपरासीको प्रेस संयोजकमा पत्रकार मोहन पौडेललाई मनोनीत गरेको अध्यक्ष बस्यालले जानकारी दिनुभयो ।
फाउण्डेसनका जिल्ला अध्यक्ष बस्यालको अध्यक्षता तथा पूर्व अध्यक्ष थानप्रसाद गैरेको विशेष आतिथ्यमा सम्पन्न उक्त बैठकमा निवर्तमान सचिव देवराज श्रेष्ठ तथा फाउण्डेसन मातहतका कला साहित्य प्रतिष्ठान, बौद्धिक मञ्च, खेलकुद एकेडेमी लगायतका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस