नवलपरासी,२९ जेठ । पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १४ गङ्गाबस्तीमा रहेको अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ ।आगलागीमा परेर फर्ममा रहेका ५ हजार ७ सय कुखुराका चल्ला जलेर नष्ट भएका छन भने अन्य भित्री संरचना समेत जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले जानकारी दिए ।
बुधबार साँझ ६:४० बजेको समयमा आगलागी हुँदा प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र लेयर्स चल्ला १ हजार दुई सय वटा ठूला चल्ला गरि ५ हजार सात सय चल्ला जलेर मरेको पन्तले बताए ।विद्युत सर्ट भै आगलागी भएको फर्मका म्यानेजर ईमामुदिन अन्सारीले बताए ।
बर्दघाट नगरपालिकाको दमकल र इलाका प्रहरी कार्यालय सेमरीको टोलीले आगलागी नियन्त्रणमा लिएको थियो ।
C1