२०८२ जेष्ठ ३०, बिहिबार
24 खबर अपडेट

उद्योग तथा वाणिज्य फर्महरुसँग गुणस्तरीय वस्तु तथा सेवा सम्बन्धि कार्याशाला गोष्ठी

२०८२ जेष्ठ २८, मंगलबार प्रकाशित ( दिन अघि) १०६ पाठक संख्या

परासी, २७ जेठ । उद्योग तथा वाणिज्य फर्महरुसँग गुणस्तरीय वस्तु तथा सेवाका विषयमा एक दिवसीय कार्याशाला गोष्ठी परासीमा सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीको आयोजनामा भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च,घरेलु तथा साना उद्योग महासंघ, पत्रकार महासंका प्रतिनिधिसहित रामग्राम,सुनवल नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिका अन्र्तगतका उद्योग, व्यवसायीहरुको सहभागिता थियो ।
उपभोक्ताको स्वास्थ्य, सुरक्षा, सन्तुष्टि र विश्वासलाई मध्य नजर गर्दै गुणस्तरीय वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठी सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुरुषोत्तम पौडेलले जानकारी दिनुभयो । गुणस्तरीय वस्तु तथा सेवाको प्रवद्र्धनका लागि उत्पादक, उपभोक्ता र सेवाप्रदायक सबै सरोकारवालाबीच समन्वय र सहकार्य अभिवृद्धि गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा करदाता सेवा कार्यालय परासीका प्रमुख पर्शुराम पोखरेलले कर तथा भ्याट सम्बन्धि विद्यमान व्यवस्था र बजेट मार्फत आएका छुट तथा सहुलियतका विषयमा जानकारी गराउनुभएको थियो भने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख अनुप हलुवाइले खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि कानूनी प्रावधानबारे जानकारी गराउनुभएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस