नवलपरासी, २७ जेठ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा जारी छ।
महाधिवेशनमार्फत संगठनको नयाँ नेतृत्व चयन आजबाट शुरु हुँदैछ ।
सहमति कायम नभए मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिने तयारी गरिएको छ। सोही क्रममा लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य पदमा सशक्त उम्मेदवार बनेका छन् , विद्यार्थी नेता सञ्जय मौर्य ।
नवलपरासी जिल्लामा विगत १३ वर्षदेखि विद्यार्थी राजनीतिमा सक्रिय मौर्य संगठनभित्र एक शालीन, नीतिवान् र संघर्षशील नेताका रूपमा चिनिन्छन्। विद्यार्थीको हकहित, शैक्षिक सुधार र प्रणालीगत विकृति विरुद्ध स्पष्ट दृष्टिकोणसहित उनले उम्मेदवारी घोषणा गरेका हुन्।
सामाजिक अभियान र विद्यार्थी आन्दोलनमा सँगसँगै क्रियाशील रहेका मौर्यले मधेशी समुदायकाे प्रतिनिधित्व गर्दै लामो समयदेखि विभिन्न जिम्मेवारी सम्हाल्दै संगठनभित्र गहिरो अनुभव संकलन गरेका छन्।
विविध सामाजिक गतिविधिमा पनि सक्रिय रहेका मौर्यले लामो समयदेखि विभिन्न जिम्मेवारी बहन गर्दै संगठनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्।
मौर्यको १४ वर्षे राजनीतिक यात्रा:
-२०६८ सालमा अनेरास्ववियुमा आवद्ध भई क्षेत्रीय कमिटि सदस्य हुँदै सोही वर्ष जिल्ला अधिवेशन प्रतिनिधि बने।
-२०७२ सालमा संविधान घोषणाको समयमा एमाले कार्यकर्ता भएकै कारण मधेसवादी दलको आक्रोश झेल्दै घरमा ढुंगामुढा भोगे।
-२०७३ सालमा अखिल जिल्ला कमिटी सदस्य।
-२०७४ सालमा प्रदेश निर्वाचनको क्रममा विद्यार्थी परिचालन सह-संयोजक र जिल्ला सचिवालय सदस्यको जिम्मेवारी।
-२०७६ सालमा नेकपा एकतापछि अनेरास्ववियू जिल्ला कार्यालय सदस्यको रूपमा कार्यरत।
-२०७८ सालमा अनेरास्ववियु जिल्ला उपाध्यक्ष तथा प्रवक्ताको भूमिका।
-२०८१ सालमा कार्यवाहक अध्यक्ष हुँदै लामो समयदेखि हुन नसकेकाे जिल्ला अधिवेशन सफलतापूर्वक सम्पन्न गराउँदै जिल्ला अध्यक्षमा निर्वाचित।
पार्टीको जिम्मेवारी (सरावल)
वडा कमिटि अध्यक्ष, ईन्चार्ज, पालिका कार्यालय सदस्य लगायत पार्टिमा समेत विभिन्न पदिय जिम्मेवारी निर्वाह गरि पार्टि सदस्यहरुकाे मन जित्न सफल ।
मौर्यको अनुभव, दूरदृष्टि र समर्पणले उनलाई संगठनको आगामी नेतृत्वका लागि एक सशक्त दाबेदार बनाएको छ। विद्यार्थी आन्दोलनमा दीर्घ योगदान पुर्याएका उनको उम्मेदवारीले लुम्बिनी प्रदेशको प्रतिनिधित्वलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ।
C1