२०८२ जेष्ठ २०, सोमबार
24 खबर अपडेट

मदन भण्डारी फाउण्डेसन पश्चिम नवलपरासीको अध्यक्षमा बस्याल

२०८२ जेष्ठ १८, शनिबार प्रकाशित ( दिन अघि) १८३ पाठक संख्या

परासी, १७ जेठ । मदन भण्डारी फाउण्डेसन जिल्ला समिति पश्चिम नवलपरासीको अध्यक्षमा श्याम कुमार बस्याल निर्वाचित हुनुभएको छ । फाउण्डेसनको आज परासीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले बस्यालको नेतृत्वमा सर्वसम्मत १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको हो ।
बस्याल नेकपा एमाले लुम्बिनी प्रदेशका पूर्व सदस्य हुनुहुन्छ । जिल्ला समितिको सदस्यमा विनोद कुँवर, कुलदेव श्रेष्ठ,नारायण अधिकारी,तारा सुनार, चोलाकान्त रेग्मी,राजेन्द्र गिरी, भगवती कार्की, प्रियंका चौधरी, दिलिप यादव, केशव अर्याल रहनुभएको छ ।
यस्तै कृष्णलाल मुखिया, हरिलाल दुषाध, अप्रोज खान, सुदिप पौडेल र अवधराज यादव पनि फाउण्डेसनको जिल्ला सदस्यमा निर्वाचित हुनुभएको नवनिर्वाचित अध्यक्ष बस्यालले जानकारी दिनुभयो । सदस्यहरु मध्येबाट उपाध्यक्षसहितका पदाधिकारी पछि चयन गर्ने बताइएको छ ।

M2

यसैगरी फाउण्डेसनको मातहतमा रहेको मदन भण्डारी कला साहित्य प्रतिष्ठानतर्m हरिलाल यादव, भुपनारायण चौधरी, यादव खनाल, भरत क्षेत्री,मुरली गौतम चयन हुनुभएको छ भने मदन भण्डारी बौद्धिक मञ्चको जिल्ला समितिमा रुक्मागत बस्याल, कृष्णबन्धु पौडेल, भुपलाल ढकाल, कृष्ण अधिकारी, दीपक ढकाल, मुन्द्रिका चौधरी र चन्द्रकान्त पाठक चयन हुनुभएको छ ।
फाउण्डेसनका संस्थापक जिल्ला अध्यक्ष थानप्रसाद गैरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि फाउण्डेसनका केन्द्रिय सदस्य बलबहादुर आचार्यले मदन भण्डारीको बैचारिक मार्ग वर्तमान समयमा झन महत्वपूर्ण बन्दै गएको बताउनुभयो । उहाँले फाउण्डेसनको संगठन विस्तारलाई जोड दिँदै मदन भण्डारीको विचारलाई तल्लो तहसम्म फैलाउन पनि आग्रह गर्नुभयो ।
उक्त अवसरमा एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी,केन्द्रिय स्कुल विभाग सदस्य बद्रीनाथ खनाल,मदन भण्डारी कला साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष डा.अजित खनाल,देवराज श्रेष्ठ, देवराज चौधरी लगातयले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस