२०८२ श्रावण १५, बुधबार
24 खबर अपडेट

उजैनीका किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धि सचेतनासहित प्याड वितरण

२०८२ जेष्ठ १५, बुधबार प्रकाशित ( महिना अघि) २२३ पाठक संख्या

परासी, १४ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७ उजैनीस्थित उत्तम बालहित माविमा महिनावारी स्वच्छता सम्बन्धि सचेतना तथा सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न भएको छ ।
किशोरीहरुमा महिनावारी स्वच्छताप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यले रामग्राम महिला जेसीजले एभरग्रीन अस्पताल परासी र उनवछ स्वास्थ्य चौकी उजैनीको सहकार्यमा उक्त कार्यक्रम गरेको हो ।

S2

महिनावारी स्वच्छता दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत किशोरीहरुलाई महिनावारीको समयमा अपनाउनुपर्ने स्वच्छता,प्याडको सुरक्षित प्रयोग र पोषण तथा महिला स्वास्थ्यको बारेमा जानकारी गराइएको रामग्राम महिला जेसीज वर्ष २०२५ की अध्यक्ष प्रितीकुमारी अग्रहरीले जानकारी दिनुभयो ।
सोही अवसरमा कार्यक्रममा सहभागि ५० जना किशोरीहरुलाई सेनेटरी प्याडको सुरक्षित प्रयोगबारे जानकारी गराउँदै प्याड पनि वितरण गरिएको अध्यक्ष अग्रहरीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि रामग्राम नगरपालिकाकी कार्यपालिका सदस्य नानुकुमारी खड्काले महिनावारी प्रक्रिया महिलाको जीवनमा गाँसिएको प्राकृतिक प्रक्रिया भएकोले यसलाई लाज वा संकोचको रुपमा भन्दा पनि गर्वको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
महिनावारीको समयमा उचित सरसफाइको कमीले महिलाहरुमा विभिन्न स्वास्थ्य समस्या आउने भएकोले सरसफाइमा विशेष ध्यान दिन र सेनेटरी प्याडको सही प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा उनवछ स्वास्थ्य चौकीका निमित्त प्रमुख बलिराम कोइरी र सिनियर अनमी शिला प्रजापतिले महिनावारीका बेला स्वच्छता नअपनाउँदा आइपर्ने समस्या र त्यसको दीर्घकालिन असरको विषयमा प्रकाश पार्दै स्वच्छतामा जोड दिनुभएको थियो ।

S3

उक्त अवसरमा विद्यालयका प्रधानाध्यापक अवधेस सहानी, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम जेसीजका अध्यक्ष विष्णुराज राव, निवर्तमान अध्यक्ष मोहन पौडेल, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष जोगमाया चौधरी, पुष्पा लामा, कार्यकारीणी उपाध्यक्ष बविता जयसवाल,विमला आचार्य लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस