२०८२ जेष्ठ २०, सोमबार
24 खबर अपडेट

पृथ्वीचन्द्र अस्पताललाई राम्रो बनाउनेतर्फ केन्द्रित हुनेछु : नवनियुक्त अध्यक्ष चौधरी

२०८२ जेष्ठ १४, मंगलबार प्रकाशित ( दिन अघि) ४२१ पाठक संख्या

मोहन पौडेल
परासी, १३ जेठ । पश्चिम नवलपरासीको परासीस्थित पृथ्वीचन्द्र अस्पताललाई राम्रो बनाउनेतर्फ केन्द्रित भएर लाग्ने नवनियुक्त अध्यक्ष जगदीश चौधरीले बताउनुभएको छ ।
अस्पताल विकास समितिले सोमबार गरेको स्वागत तथा विदाइ कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका नवनियुक्त अध्यक्ष चौधरीले उक्त कुरा बताउनुभएको हो । अस्पताललाई राम्रो बनाउन सबैको साथ सहयोग आवश्यक रहेकोमा जोड दिँदै उहाँले भन्नुभयो, “यो अस्पतालको अवस्था बाहिरबाट बुझ्दा राम्रै छ,अझै यसलाई राम्रो बनाउन पनि पर्छ,त्यसको लागि म प्रतिबद्ध छु”, उहाँले भन्नुभयो ।
विगतमा कोरोना महामारीको चुनौतीको समयमा समेत अस्पतालको विकासमा आफुले राम्रै काम गरेको बताउँदै अध्यक्ष चौधरीले अस्पतालले दिने सेवा गुणस्तरीय बनाउन कर्मचारी र स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“अस्पताललाई अध्यक्ष वा मेसुले एक्लै बनाउन सक्दैन्,हामी सबैको जबसम्म हृदयदेखि सहयोग हुँदैन्,म जुन स्वास्थ्य सेवामा काम गरिरहेको छु ईमान्दारिताका साथ काम गर्छु भन्ने अठोट जबसम्म हुँदैन्,अस्पताल राम्रो हुन सक्दैन् ।”

J2

आफ्नो पहिलो कार्यकालमा चुनौतीका बीच पनि अस्पतालको पूर्वाधार निर्माणमा महत्वपूर्ण काम भएको उहाँको भनाइ थियो । “म त्यसबेला अध्यक्ष हुँदा थुप्रै चुनौती थिए, भारतीय राजदुतावासले बनाइदिएको पूरानो भवनबाट सबै सेवा प्रवाह गर्न कठिन थियो,भवनको अभावका कारण थप सेवा विस्तार समस्या भएपछि मन्त्रालयबाट रु दुई करोडको बजेटमा माथिल्लो तलामा ट्रष्टको पहल गरिएको थियो”,उहाँले भन्नुभयो, “अहिले सेवा प्रवाह भइरहेको नयाँ भवन पनि त्यसबेला नै प्रदेशबाट २२ करोडको बजेट सुनिश्चित गरी निर्माण थालिएको थियो।”
हाल ल्याब सञ्चालन भइरहेको पिसीआर भवन पनि आफ्नै कार्यकालमा निर्माण भएको उहाँले स्मरण गर्नुभयो । अस्पतालका मेसु डा.मोहम्मद नुरुल होदाले नवनियुक्त अध्यक्ष चौधरीलाई स्वागत गर्दै यसअघिको उहाँको कार्यकालमा अस्पतालको विकासमा महत्वपूर्ण कामहरु भएको उल्लेख गर्नुभयो । उहाँले अस्पताल विकास समिति र सबै स्वास्थ्यकर्मी मिलेर अघि बढ्ने बताउनुभयो।
अस्पतालका निवर्तमान अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले पृथ्वीचन्द्र अस्पताल जिल्लाकै गहना भएकोले यसलाई राम्रो बनाउन आफ्नो कार्यकालमा सक्दो पहल गरेको बताउनुभयो । उहाँले अस्पतालको विकास र सेवाप्रवाह गुणस्तरीय बनाउन समुदायको प्रत्यक्ष संलग्नता आवश्यक रहेकोमा जोड दिनुभयो ।
नवनियुक्त अध्यक्ष चौधरीले सोमबार नै अस्पताल विकास समिति अध्यक्षको पदभार समेत ग्रहण गर्नुभयो भने निवर्तमान अध्यक्ष महेन्द्र गुप्तालाई पनि विदाइ गरिएको थियो । उक्त अवसरमा नेकपा एमाले जिल्ला कार्यालय सचिव रामचन्द्र भण्डारी,निवर्तमान सदस्य सरिता पौडेल,अस्पतालका सर्जन डा.किरण पाण्डेय,प्रशासन प्रमुख गोविन्द ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

J3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस