२०८२ जेष्ठ २०, सोमबार
24 खबर अपडेट

सोमबारदेखि पाल्हीनन्दनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

२०८२ जेष्ठ १२, आईतबार प्रकाशित ( हफ्ता अघि) १०७ पाठक संख्या

रंजीत शर्मा
नवलपरासी, ११ जेष्ठ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ भोलि सोमबारदेखि शुरु हुँदैछ ।
गर्मी मौसमलाइ मध्यनजर गर्दै बिहान ६ बजे देखि ९ बजे सम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय खेल प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता पालिकाका विभिन्न विद्यालयहरूबाट विद्यार्थीहरुको सहभागितामा रहनेछ ।
जिल्ला समन्वय समिति, नवलपरासीका प्रमुख भगौती यादव (रुदल) को प्रमुख आतिथ्यतामा हरपुर मा.वि हरपुरको खेलमैदान प्रतियोगिताको उद्घाटन गरिने गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जानकारी दिनुभयो ।
प्रतियोगितामा छात्र र छात्रा दुवै तर्फका खेलाडीहरूले एथलेटिक्स, फुटबल, भलिबल, कबड्डी, दौड, जम्प लगायतका विभिन्न खेलकुदमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताले खेलकुद मार्फत अनुशासन, आत्मविश्वास र सहकार्यको भावना विकास गर्न मद्दत गर्ने पालिकन अध्यक्ष गुप्ताले विश्वास व्यक्त गर्नुभयो।

प्रतियोगिता आगामी चार दिनसम्म सञ्चालन हुने र अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस