परासी, ११ जेठ । परासीस्थित एभरग्रीन अस्पतालले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ पिपरपातीमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा एक सय २२ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
प्रतापपुर गाउँपालिकाको समन्वयमा डम्बर बहादुर माविको प्रांगढमा सञ्चालित शिविरमा स्वास्थ्य परीइाण गराएका मध्ये सबैभन्दा धेरै ढाड तथा जोर्निको समस्याका विरामी भेटिएको अस्पतालका सञ्चालक बलिराम कोइरीले जानकारी दिनुभयो ।
यस्तै मधुमेह, उच्च रक्तचापका बिरामी पनि भेटिएका थिए । ३० जनाको प्रयोगशाला परीक्षण गर्दा १० जना सुगर(मधुमेह)का बिरामी पहिचान भएका थिए । शिविरमा निःसन्तान समस्याका बिरामीलाई आवश्यक परामर्श प्रदान गरिनुका साथै रुघा,खोकी,घाँटी, दाँत, आँखाका बिरामीको स्वास्थ्य परीक्षण गरी औषधी समेत वितरण गरिएको एभरग्रीन अस्पतालका सञ्चालक कोइरीले बताउनुभयो ।
ग्रामीण क्षेत्रका नागरिकलाई चिकित्सकीय स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँको भनाइ थियो । शिविरमा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले परीक्षण गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले गाउँपालिकावासीलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा ल्याउन गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । गाउँपालिकाले अस्पताल सञ्चालनका लागि आवश्यक काम गरिरहेको बताउँदै गाउँ गाउँका नागरिकलाई पनि विशेषज्ञ चिकित्सकको सहभागितामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउँदै शिविरबाट स्वास्थ्य लाभ प्राप्त गर्न जोड दिनुभएको थियो ।
परासी बुद्धचोकमा अवस्थित एभरग्रीन अस्पतालले २४ घण्टा चिकित्सकद्धारा आकस्मिक सेवा, प्रसुती सेवा,अत्याधुनिक प्रयोगशाला सेवा, डिजिटल एक्स रे सेवा, भिडियो एक्स रे सेवा, मुटुको जाँच ईसिजी सेवा,सामान्य तथा जटिल शल्यक्रिया सेवा, बिरामी भर्ना, औषधी वितरण तथा परामर्श सेवा प्रदान गर्दै आएको छ भने ओपिडीतर्फ हाड, जोर्नी, नशा तथा ढाड रोग विशेषज्ञ सेवा, छाति, मुटु, सुगर, मृगौला,थाइराइड र पेट रोग विशेषज्ञ सेवा,जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी सेवा, महिला तथा प्रसुती रोग विशेषज्ञ सेवा, नाक, कान, घाँटी रोग विशेषज्ञ सेवा, नवजात तथा बाल रोग विशेषज्ञ सेवा, छाला यौन तथा कुष्ठरोग विशेषज्ञ सेवा, एनेस्थेसियोलोष्टि तथा पेन फिजिसिएन विशेषज्ञ सेवा,रेडियोलोजी, जनरल फिजिसिएन,गर्भपतन सम्बन्धि परामर्श सेवा, परिवार नियोजनको स्थायी तथा अस्थायी सेवा, कर्म मेसिनद्धार हाड जोर्नी सम्बन्धि सम्पूर्ण उपचार तथा अप्रेसन सेवा प्रदान गर्दै आएको अस्पतालका सञ्चालक कोइरीले बताउनुभयो ।
C1