२०८२ जेष्ठ २०, सोमबार
24 खबर अपडेट

मदन भण्डारी फाउण्डेसन पश्चिम नवलपरासीको जिल्ला अधिवेशन जेठ १७ गते हुने

२०८२ जेष्ठ ७, मंगलबार प्रकाशित ( हफ्ता अघि) १६३ पाठक संख्या

परासी, ६ जेठ । मदन भण्डारी फाउण्डेसन जिल्ला समिति पश्चिम नवलपरासीको दोस्रो अधिवेशनको तयारी अघि बढेको छ । फाउण्डेसनको जिल्ला अधिवेशन यही जेठ १७ गते हुँदैछ र
फाउण्डेसन जिल्ला समितिको बैठकले अधिवेशनको निर्णय गरी तयारी अघि बढाएको हो । आगामी जेठ १७ गते सदरमुकाम परासीमा जिल्ला सम्मेलन तथा अधिवेशन गर्ने गरी तयारी अघि बढाइएको मदन भण्डारी फाउण्डेसनका जिल्ला अध्यक्ष थानप्रसाद गैरेले जानकारी दिनुभयो ।
अधिवेशन सम्पन्न गर्न बैठकले जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुलाई विभिन्न जिम्मेवारी दिएर तयारी अघि बढाएको जनाएको छ । अध्यक्ष गैरेका अनुसार जिल्ला अधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन लेखनका लागि अध्यक्ष गैरेसहित देवराज श्रेष्ठ, रामचन्द्र भण्डारी,सुबोध जागृत बुढाथोकी,सागरमणि पाण्डेय र यमजीत मल्ललाई जिम्मेवारी दिइएको छ ।
यस्तै परासीमा हुने जिल्ला अधिवेशनको व्यवस्थापन तथा आवश्यक तयारीका लागि श्यामकुमार बस्याल, सुमनगोपाल आचार्य,सरिता पौडेल, भोला पराजुली तथा रिंगला यादवलाई जिम्मेवारी दिइएको छ ।
फाउण्डेसनका केन्द्रीय सदस्य बलबहादुर आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त बैठकमा फाउण्डेसनका डा.हरिप्रसाद भण्डारीले मदन भण्डारी फाउण्डेसनको औचित्य नेपाली समाजमा अपरिहार्य रहेकोमा जोड दिँदै फाउण्डेसन मातहतमा रहेको कला साहित्य प्रतिष्ठानको बारेमा पनि जानकारी दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस