२०८२ बैशाख २५, बिहिबार
24 खबर अपडेट

एसपी श्रेष्ठद्धारा पश्चिम नवलपरासी प्रहरी प्रमुखको कार्यभार ग्रहण

२०८२ बैशाख २५, बिहिबार प्रकाशित ( घण्टा अघि) ८९ पाठक संख्या

परासी, २५ वैशाख । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको प्रमुखको रुपमा सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले कार्यभार सम्हाल्नु भएको छ । विहीबार कार्यालयमा हाजिर हुनुभएका एसपी श्रेष्ठले जिल्ला प्रहरी प्रमुखको कार्यभार सम्हाल्दै मातहतका निकायलाई आवश्यक निर्देशन समेत दिनुभयो ।
प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँमा प्रहरी महानिरीक्षकको सचिवालयबाट सरुवा भई आउनुभएका एसपी श्रेष्ठले नवलपरासी प्रहरी प्रमुखको कार्यभार सम्हालेकै दिन जिल्लाका पत्रकारहरुसँग पनि परिचयात्मक अन्तरक्रिया गर्नुभयो ।
उहाँले आफूले गफ भन्दा काम गरेर देखाउन चाहेको उल्लेख गर्नुभयो । जिल्लाका सरोकारवालाहरुसँगै हातेमालो गरी शान्ति सुव्वस्था, अमनचयन, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण गर्ने बताउँदै एसपी श्रेष्ठले नागरिकले गुनासो गर्न नपर्ने गरी कमाण्ड गर्ने जानकारी दिनुभयो ।
जिल्लाका पत्रकारहरुले सीमा क्षेत्रबाट हुने चोरी तस्करी, लागूऔषधको ओसारपसार तथा दुव्र्यसनी,नदीजन्य पदार्थको दोहन लगायतका मूख्य समस्याहरु रहेको अवगत गराउँदै नागरिकले न्याय, सुरक्षा र अमनचयनको अनुभूति गर्ने गरी काम गर्न सुझाव दिएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस