परासी,२४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी जिल्ला अदालतका एक कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ ।
आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले जिल्ला अदालतमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियालाई सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा पाल्हीनन्दन-३ वेलाशपुरबाट आज पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका बनियाले लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीमा रहेका सेवाग्राहीसँग छुटाई दिन सहजीकरण गर्ने भनी रु दुई लाख लिएका थिए ।
आयोगको टोलीले उक्त रकमसहित नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।
C1