मोहन पौडेल
परासी,१९ वैशाख । जनता समाजवादी पार्टी पश्चिम नवलपरासीको अध्यक्षमा धरेन्द्र यादव निर्वाचित हुनुभएको छ । पार्टीको एकताको प्रथम जिल्ला अधिवेशन अन्र्तगत शुक्रबार विहान सर्वसम्मत ३३ सदस्यीय जिल्ला कार्यसमिति घोषणा गरिएको हो ।
सर्वसम्मत निर्वाचित जिल्ला कार्यसमितिको मुख्य सचिवमा मदन यादव निर्वाचित हुनुभएको छ । १२ सदस्यीय पदाधिकारी निर्वाचित उक्त पार्टीको उपाध्यक्षहरुमा गोविन्द पटेल, शेषनारायण केवट, महेन्द्र गुप्ता, सुदर्शन खरबार र महिला उपाध्यक्षमा विजया शर्मा निर्वाचित हुनुभएको छ भने सचिवमा कमलेश माली र कोषाध्यक्षमा रामकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।
सहसचिवमा सुरेश प्रसाद यादव, गौरीशंकर गुप्ता र श्याम सुन्दर पश्चिमा थारु निर्वाचित हुनुभएको जसपा नेपालले जनाएको छ । जिल्ला अधिवेशनको विहिबार पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा जिल्लाभरिबाट २५१ जना प्रतिनिधि सहभागि थिए ।
C1