२०८२ भाद्र २०, शुक्रबार
24 खबर अपडेट

रामग्राम महिला जेसीजको क्यालेण्डर विमोचन,स्वदेशी काठको प्रयोग र निर्यात बढाऔँ–मन्त्री कलवार

२०८२ बैशाख ९, मंगलबार प्रकाशित ( महिना अघि) ३३७ पाठक संख्या

परासी, ९ वैशाख । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री देवकरण कलवार(सन्तु)ले स्वदेशी काठको प्रयोग बढाउन आग्रह गर्नुभएको छ । उहाँले विदेशबाट आउने काठलाई निरुत्साहित गर्न र स्वदेशी काठ निर्यातको लागि प्रदेश सरकारले पहल गरिरहेको उल्लेख गर्नुभयो ।
पश्चिम नवलपरासीको परासीमा मंगलबार रामग्राम महिला जेसीजले आयोजना गरेको शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले उक्त कुरा बताउनुभएको हो ।
प्रदेश सरकारले स्वदेशी काठको प्रयोगलाई प्रोत्साहन गर्ने नीति ल्याउन लागेको बताउँदै उहाँले भन्नुभयो, “प्रदेश सरकारका निकाय होस् वा स्थानीय सरकारले भवन निर्माण गर्दा स्वदेशी काठकै प्रयोग गरी झ्याल ढोका लगाऔँ,कार्यालयले प्रयोग गर्ने फर्निचर पनि काठकै प्रयोगबाट बनाऔँ र काठ सहजै पाउने व्यवस्था गरौँ ।”
मन्त्री कलवारले लुम्बिनी प्रदेश सरकारले एक घर पाँच विरुवाको नीति ल्याउन लागेको उल्लेख गर्दै प्रदेशका प्रत्येक जिल्लामा कम्तिमा ५० हजार वृक्षारोपण गर्नुपर्ने कार्यक्रम ल्याउन लागेको बताउनुभयो । वनमा अथाह सम्भावना भएपनि व्यवस्थापन गर्न नसकिएको मन्त्री कलवारले स्वीकार गर्नुभयो ।

R2

रामग्राम महिला जेसीज वर्ष २०२५ की अध्यक्ष प्रिती कुमारी अग्रहरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामग्राम नगरपालिकाकी पूर्व उपमेयर रम्भा कुँवर, नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम बस्याल, वर्ष २०२५ का अध्यक्ष विष्णुराज राव, रामग्राम महिला जेसीजकी पूर्व अध्यक्ष माया अग्रहरी, वर्ष २०२५ का कार्यकारीणी उपाध्यक्ष द्धय बबिता जयसवाल, बिमला आचार्य, निर्देशक अन्नु सुनार लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस