२०८२ बैशाख ३, बुधबार
24 खबर अपडेट

नेकपा(एकिकृत समाजवादी) पश्चिम नवलपरासीको अध्यक्षमा आले

२०८१ चैत्र २८, शुक्रबार प्रकाशित ( दिन अघि) २६० पाठक संख्या

परासी, २९ चैत । नेकपा (एकिकृत समाजवादी) पश्चिम नवलपरासीको अध्यक्षमा कुमार आले निर्वाचित हुनुभएको छ । उक्त पार्टीको बर्दघाटमा विहीबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले आलेको नेतृत्वमा ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।
आले यसअघि जिल्ला सचिव हुनुहुन्थ्यो । जिल्ला उपाध्यक्षमा धनञ्जय पौडेल, सचिवमा विष्णु बराल लगायत निर्वाचित हुनुभएको नेकपा एसले जनाएको छ ।
जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उक्त पार्टीका केन्द्रिय उपमहासचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज मेटमणि चौधरीले वर्तमान सरकारले जनपक्षीय काम नगर्दा व्यवस्था माथि नै प्रहार गर्ने तत्वहरु सल्बलाएको दाबी गर्नुभयो । उहाँले संविधानको अक्षरस कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल र सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा पार्टीका केन्द्रिय सचिव सोमप्रसाद पाण्डे, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, पोलिटव्यूरो सदस्य अब्दुल हुसेन खान, केन्द्रिय सदस्य बृहस्पति अधिकारी लगातयले सम्बोधन गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस