२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

आयतित संस्कृतिमा रमाउँदा आफ्नो पहिचान हराउँछ,सुसंस्कृत बनौँ : केन्द्रिय अध्यक्ष पौडेल

२०८१ फागुन ८, बिहिबार प्रकाशित ( दिन अघि) २०२ पाठक संख्या

परासी, ८ फागुन । पौडेल वंश महासंघ नेपालका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले आयतित संस्कृतिमा रमाउँदा मौलिक संस्कृति लोप हुँदै गएको बताउनुभएको छ । देशलाई सुसंस्कृत बनाउने अभियानमा लाग्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।
पौडेल वंश महासंघ जिल्ला कार्यसमिति पश्चिम नवलपरासीको आज बर्दघाटमा सम्पन्न दोस्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै केन्द्रिय अध्यक्ष पौडेलले पश्चिमा संस्कृतिमा रमाउनु भन्दा आफ्नो मौलिक पहिचान जोगाउन आग्रह गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “हामीले हाम्रो संस्कार भुलेर जन्मोत्सव होईन् वर्थ डे मनाईरहेका छौँ,अनि अलि लाज लाग्दो चलन बेबी साँवर मनाउन थालेका छौँ,यस्ता गलत संस्कारको पछि हामी लागिरहेका छौँ यीे हाम्रो संस्कार होईनन्, हाम्रो धर्म संस्कारमा त १६ वटा संस्कार छन्,ती राम्रा संस्कारलाई अंगालौँ न, यी आयतित संस्कार छोडौँ,संस्कार पहिचानसँग जोडिएको छ, हाम्रो संस्कार भुल्यौँ भने हाम्रो पहिचान पनि हराउँछ।”
पौडेल वंशका पुर्खाहरुले मुलुक एकिकरण र राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै अध्यक्ष पौडेलले मुलुकलाई सुसंस्कृत र सभ्य बनाउने अभियानमा अहिलेका पुस्ता लाग्नुपर्ने बेला आएको उल्लेख गर्नुभयो । महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शालिग्राम पौडेलले विभिन्न ठाउँमा छरिएर रहेका सम्पूर्ण पौडेल बन्धुबान्धवहरुमा आपसी भाईचारा,सद्भाव र एकता अभिवृद्धि गर्न साझा घरको रुपमा पौडेल वंश महासंघ स्थापना गरिएको बताउनुभयो ।

P2

केन्द्रिय उपाध्यक्ष दीपक प्रसाद पौडेलले महासंघले पौडेल वंशको विशिष्ट पहिचान,परम्परा, संस्कार र संस्कृतिको जर्गेना गर्दै सामूहिक एकताको भावनालाई बलियो बनाएको बताउँदै थप बलियो बनाउन आवश्यक रहेको बताउनुभयो । केन्द्रिय सदस्य एवं वंशावली निर्माण समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद पौडेलले अत्रि ऋषिका सन्तती आत्रेय गोत्रिय पौडेल वन्धुहरु जहाँ छरिएर रहे पनि एउटै वंश, कुल संस्कार,परम्परा अवलम्बन गर्दै आएको बताउँदै आफ्नो वंशावली खोजी गरी लिपिवद्ध गर्न आग्रह गर्नुभयो ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष टेकराज पौडेलले प्रदेशका १२ वटै जिल्लामा बसोबास गर्दै आउनुभएका पौडेल वन्धुहरुलाई संगठीत गर्दै बन्धुत्व, समाजहित र राष्ट्रहितका कार्य गर्दै कूल पुजा विधि तथा वंशावली निर्माणको अभियानलाई अघि बढाईरहेको बताउनुभयो ।
पौडेल वंश महासंघका जिल्ला अध्यक्ष धनञ्जय पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य रामचन्द्र पौडेल, प्रदेश सल्लाहकार मायादेवी पौडेल,पौडेल वंशावली निर्माण समिति नवलपरासीका संयोजक कृष्णप्रसाद पौडेल,महासंघ बर्दघाट नगर अध्यक्ष केवल पौडेल, जिल्ला सदस्य तिलकप्रसाद पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको पौडेल वंश महासंघ नवलपरासीका सचिव मोहन पौडेलले जानकारी दिनुभयो । सभाले अध्यक्ष धनन्जय पौडेलद्धारा प्रस्तुत प्रगति प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस