२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ पश्चिम नवलपरासीमा नयाँ नेतृत्व चयन,अध्यक्षमा भोजेन्द्र पौडेल

२०८१ फागुन ७, बुधबार प्रकाशित ( दिन अघि) २८२ पाठक संख्या

परासी,७ फागुन । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला समिति पश्चिम नवलपरासीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
बुधबार सुनवलमा सम्पन्न जिल्ला अधिवेशनले भोजेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
सर्वसम्मतबाट निर्वाचित २५ सदस्यीय जिल्ला समितिको पदाधिकारीहरूमा उपाध्यक्ष मीना श्रेष्ठ,उपाध्यक्ष (महिला ) सपना शर्मा निर्वाचित हुनुभएको छ ।
यस्तै सचिव विश्वनाथ आचार्य, कोषाध्यक्ष मधुसुधन बस्याल र सहसचिवमा मित्रलाल पंगेनी निर्वाचित हुनुभएको छ ।
समितिको सदस्यमा शिवनारायण चौधरी,सन्तोषी नेपाली,हरि जिसी,गंगा भट्टराई,प्रिती गुरुङ,चिनकुमार गुरुङ लगायत रहनु भएको छ ।
महासंघका निवर्तमान जिल्ला अध्यक्ष सुमन पन्तको अध्यक्षता तथा नेकपा एमाले नवलपरासीका सचिव धीरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सदस्य ईन्द्र लामिछाने,लुम्बिनी प्रदेश उपाध्यक्ष कृष्णप्रसाद पोखरेल,प्रदेश सदस्य चुरामणि नेपाल,नेपाल निजामती कर्मचारी संगठन नवलपरासीका अध्यक्ष देवीलाल पौडेल,स्वास्थ्यकर्मी प्राविधिक संघ(पान) का जिल्ला अध्यक्ष बलराम सापकोटा,पेशागत महासंघ नवलपरासीका संस्थापक अध्यक्ष रामचन्द्र पौडेल,एमाले जिल्ला सदस्य एवं स्वास्थ्यकर्मी महासंघ ईन्चार्ज भागिरथी पाण्डे,महिला सामुदायिक स्वास्थ्य स्वयमसेवक संघकी केन्द्रीय सदस्य सरस्वती सुवेदी लगायतले स्वास्थ्यकर्मीका पेशागत हित, सेवा प्रवाहको गुणस्तर सुधार, संघीयतापछिको स्वास्थ्य संरचनाका लगायतका विषयमा आफ्नो भनाइ व्यक्त गर्नुभएको निवर्तमान अध्यक्ष पन्तले जानकारी दिनुभयो ।
स्वास्थ्य सेवा नागरिकको मौलिक  अधिकार हो भन्ने संवैधानिक व्यवस्थालाई आत्मसात गर्दै समतामूलक स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य सेवामा संलग्न स्वास्थ्यकर्मीहरुको पेशागत हक, हित र मर्यादाको संरक्षण र सम्बद्र्धन गरी  स्वास्थ्य सेवालाई विशेष सेवाको रुपमा स्थापित गर्दै सम्मानयुक्त  बनाउन साथै स्वास्थ्यसँग सम्वन्धित सबै स्तर र समूहका स्वास्थ्यकर्मीहरुको हक हित र अधिकारको लागि स्वास्थ्यकर्मीहरुको एकीकृत संस्थाको रुपमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस