शान्ति बि.क.
दुम्किबास,१९ माघ । नेपाल कम्युनिष्ट पार्टि ( एमाले) को भातृसंगठन नेपाल उत्पीडित जातिय मुक्ति समाज विनयी त्रिवेणी गाउँपालिका नवलपरासी ब.(सु.पू.को दोस्रो अधिवेशन शुक्रबार दुम्किबासमा सम्पन्न भयो ।
अधिवेशनलाई सम्बोधन गर्दै समाजका केन्द्रिय सदस्य एवम् नेकपा एमाले गण्डकी प्रदेश सदस्य कृष्ण बि.क.ले उत्पीडित जातिहरु एकजुट हुनुपर्नेमा जोड दिदै अधिकार प्राप्तिका लागि संर्घष जारी राख्नुपर्ने बताउनुुभयो ।
नेकपा एमाले विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष राजु बरालले उत्पीडित जातिहरुको अधिकार स्थापित गर्न पार्टिले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै आगामि दिनमा पनि सो कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरिले स्थानीय सरकारले उत्पीडित जातिहरुको विकासका लागि कार्य गरिरहेको बताउदै कार्यपालिकामा उच्च सहभागीता गराएको जानकारी दिनुभयो ।
समाजका जिल्ला अध्यक्ष दिपक विश्वकर्माले उत्पीडित जातिहरु अझै पनि अशिक्षा, गरिबि, भूमिहिन, जातिय विभेद र छुवाछुत लगायतका समस्या भोग्न बाध्य भएको र कानुनद्धारा प्राप्त अधिकार पूर्ण रुपमा उपभोग गर्न नपाएको बताउनुभयो ।
कार्यक्रममा चित्र बहादुर थापा, दान बहादुर सोमै, यम बहादुर बि.क., भुवनराज बस्याल, मान बहादुर बि.क. लगायतले आ(आफ्ना भनाई राख्नुभयो । पवित्रा परियारको स्वागत र जीवन परियारको सञ्चालनमा कार्यक्रम भएको थियो ।
अधिवेशनले सिता गहतराजको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अर्जुन परियार, सचिवमा जीवन परियार, कोषाध्यक्षमा यादव गहतराज र सहसचिवमा अस्मिता बि.क रहनुभएको छ ।
समितिको सदस्यहरुमा जौमाया बि.क., बल बहादुर बि.क., राजु नेपाली, सुनिता नेपाली, ज्ञान बहादुर बि.क., पुर्निमाया बि.क.लगायत रहनुभएको छ ।