परासी, १६ पुस । नेकपा एमालेको जनसंगठन रिटर्नी फेडेरेसन नेपाल रामग्राम नगर कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । बैदेशिक रोजगारको क्रममा विभिन्न देशममा पुगी स्वदेश फर्किएका एमालेप्रेमीहरु संगठित रहेको रिटर्नी फेडेरेसनको आज परासीमा भएको दोस्रो नगर अधिवेशनले धीरज खरेलको नेतृत्वमा नयाँ नगर कमिटी चयन गरेको हो ।
नवगठित कमिटीको उपाध्यक्षमा रामपलट थारु,सचिवमा लेखु तामाङ,सहसचिवमा सद्धाम हुसेन र कोषाध्यक्षमा हिमाल तामाङ चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा प्रकाश यादव,महेश सहानी,श्रवण कुमार यादव,परदेशी केवट,संजय चमार,सुवास यादव,असपाल यादव,रामसिंङ यादव,सन्तोष सहानी,अखिलेस धवल,दिपु गिरी,राजेश धोवी लगायत रहनुभएको छ ।
रिटर्नी फेडेरेसनका निवर्तमान नगर अध्यक्ष मोहम्मद रजाक मियाको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य लक्ष्मी क्षेत्रीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य एवं कार्यालय सचिव रामचन्द्र भण्डारी,जिल्ला सदस्य एवं रिटर्नी फेडेरेसनका ईन्चार्ज दीपक गैरे,रिटर्नी फेडेरेसनका जिल्ला अध्यक्ष चिरञ्जिवी खराल,जिल्ला सदस्य मोहन थापा,एमाले नगर सचिव सन्देश न्यौपाने लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।नवगठित कमिटीका पदाधिकारीहरुलाई प्रमुख अतिथि क्षेत्रीले सपथग्रहण गराउनुभएको थियो ।
यसैबीच रिटर्नी फेडेरेसन नेपाल जिल्ला कमिटी नवलपरासीको बैठक समेत आजै सम्पन्न भएको छ । फेडेरेसनका जिल्ला अध्यक्ष चिरञ्जिवी खरालको अध्यक्षता तथा एमाले जिल्ला सचिवालय सदस्य एवं कार्यालय सचिव रामचन्द्र भण्डारीको प्रमुख आतिथ्यमा भएको बैठकले आगामी पुस २७ गते अनोमाघाट(सुस्ता ठाडिघाट)मा हुने जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ । अधिवेशन सफल पार्न विभिन्न उपसमितिहरु बनाएर जिम्मेवारी बाँडफाँड गरिएको अध्यक्ष खरालले बताउनुभयो ।