परासी, १४ पुस । युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा क्रियाशील संस्था रामग्राम जेसीज वर्ष २०२५ को अध्यक्षमा युवा व्यवसायी विष्णुराज राव निर्वाचित हुनुभएको छ । रामग्राम जेसीजको शनिबार परासीमा सम्पन्न २६ औँ साधारणसभा तथा २५ औँ अधिवेशनबाट रावको नेतत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
वर्ष २०२४ मा कानूनी सल्लाहकार रहेका राव त्यसअघि शाखाको महासचिव, कार्यकारी उपाध्यक्ष, उपाध्यक्ष लगायत विभिन्न पदमा रहेर काम गरिसक्नुभएको छ । राव व्यवसायी हुनुहुन्छ । यस्तै वर्ष २०२५ का लागि रामग्राम जेसीजको दुई कार्यकारी उपाध्यक्षमा मुकेश लोनिया र उमेश कोँहार,चार उपाध्यक्षहरुमा हिमालचन्द्र अर्याल, जगदीश कोँहार, किरण कुमार गुप्ता,रञ्जिता कुमारी शाह, सचिवमा अनिरुद्द हजाम ठाकुर र सहकोषाध्यक्ष अनुराग अग्रवाल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत बेनी माधव बस्यालले जानकारी दिनुभयो ।
यसैगरी जेसीजको विधान अनुसार नवनिर्वाचित अध्यक्ष रावले महासचिवमा पुरुषोत्तम तिवारी, कानूनी सल्लाहकारमा बेनीमाधव बस्याल र कोषाध्यक्षमा रोशनी कुमारी अग्रहरीलाई नियुक्त गर्नुभएको छ । औपचारिक पदहस्तान्तरण भने केही दिनपछि हुने रामग्राम जेसीजले जनाएको छ । रामग्राम जेसीजको २६ औँ साधारणसभाले तालिम आयुक्त पुरुषोत्तम तिवारीको वार्षिक प्रतिवेदन, उपाध्यक्षहरु उमेश कोँहार, रोशनी अग्रहरी,कार्यकारी उपाध्यक्ष हेमन्त चौधरीको क्षेत्रगत वार्षिक प्रतिवेदन,महासचिव मुकेश लोनियाको प्रतिवेदन र सहकोषाध्यक्ष हिमाल चन्द्र अर्यालद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरेको छ भने सन् २००० मा निर्माण गरिएको रामग्राम जेसीजको विधान सन् २००७ मा पुनःलेखन भएकोमा वर्ष २०२४ मा संशोधन गरिएको वर्ष २०२४ का कानूनी सल्लाहकार विष्णुराज रावले बताउनुभयो ।
रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा भएको साधारणसभा तथा अधिवेशन उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले रामग्राम जेसीजले यस क्षेत्रका युवाहरुलाई संगठित गर्दै नेतृत्व र व्यक्तित्व विकास एवं समाजमा असल नेतृत्व हस्तान्तरण गर्न सफल भएको बताएका थिए । वर्ष २०२४ मा रामग्राम जेसीजले उत्कृष्ट कार्यक्रमहरु गर्दै नेपाल जेसीजबाट सम्मानित हुने अवसर पाएकोमा समेत बधाई ज्ञापन गरेका थिए ।
कार्यक्रममा रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरी, नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, रामग्राम जेसीजका संस्थापक अध्यक्ष श्याम कुमार बस्याल, रामग्राम जेसीज पूर्व अध्यक्ष क्लबका अध्यक्ष सुमनगोपाल आचार्य,वर्ष २०२४ का प्रमुख अध्यक्ष सल्लाहकार एवं पूर्व अध्यक्ष सिनेटर गिरीराज पाण्डेय,रामनगर जेसीज वर्ष २०२४ का अध्यक्ष देवु भट्टराई,नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश अग्रहरी, नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार, सिटिजन जुरीका अध्यक्ष रामजी ज्ञवाली, रोटरी क्लव अफ नवलपरासीका अध्यक्ष सुनिल कसौधन,रामग्राम जेसीजका निवर्तमान अध्यक्ष बेनीमाधव बस्याल, पूर्व अध्यक्ष राजु रेश्मी, नेपाल पत्रकार महासंंघका कार्यसमिति सदस्य एवंं रेडियो सेटलाईटका सञ्जालक सञ्जिब कोईराला लगयातले शुभकामना व्यक्त गर्नुभएको रामग्राम जेसीज वर्ष २०२४ का महासचिव मुकेश लोनियाले जानकारी दिनुभयो ।