२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

संविधान जोखिममा छ, संसद बिना चलायमान् हुँदैन् – निवर्तमान मन्त्री त्रिपाठी

२०७८ जेष्ठ ३०, आईतबार प्रकाशित ( साल अघि) ८९९ पाठक संख्या

मोहन पौडेल
परासी, ३० जेठ । निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले वर्तमान राजनीतिक घटनाक्रमले संविधान समाप्त हुने खतरा बढेको टिप्पणी गर्नुभएको छ । जनताका प्रतिनिधिले बनाएको संविधान घाईते भईसकेको भन्दै उहाँले मुलुकमा राजनीतिक नेतृत्वको अभाव खड्किएको बताउनुभयो ।
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को परासीमा आज पत्रकार भेटघाटमा बोल्दै पूर्वमन्त्री त्रिपाठीले संसद्को अभावमा संविधान चलायमान हुन नसक्ने उल्लेख गर्नुभयो ।
वर्तमान राजनीति राजनीिितज्ञ र राजनीतिक दलको काबु भन्दा बाहिर सर्वाेच्च अदालतको परिसरमा पुगेको बताउँदै उहाँले भन्नुभयो, “समकालीन राजनीति अदालतको हाता भित्र पुगिसकेको छ, यसले राजनीतिक पक्ष परस्पर विवादले गर्दा कमजोर अवस्थामा छ, यो सुखद् सङ्केत होईन्”
अहिलेको अवस्था सही ढङ्गले समाधान गर्न नसकिए संविधान नै समाप्त हुन सक्ने उहाँको जिकिर छ । “राजनीतिक दलहरुको विभाजन र दलहरुबीचको परम्पर शत्रुतापूर्ण व्यवहारले गर्दा वर्तमान संविधान जोखिममा परेको छ, संविधानको रक्तश्राव भईरहेको छ, यसलाई मलमपट्टी लगायन संसद नै चाहिन्छ” उहाँले भन्नुभयो ।
स्वतन्त्र राजनीतिक समूहका राष्ट्रिय संयोजकसमेत रहनुभएका नेता त्रिपाठीले आफ्नो छुट्टै दल गठनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो । कोरोना महामारी सामान्य अवस्थामा पुगेपछि देशभर तीनवटा भेला गरी दल घोषणा गरिने उहाँले बताउनुभयो । आर्थिक, सामाजिक र कृषकका एजेन्डालाई प्राथमिकता दिने नयाँ दलको दस्ताबेजीकरण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस