परासी, २५ मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा पौडेल,पौड्यालहरुको साझा संस्था पौडेल वंश महासंघको नगर समिति गठन भएको छ । महासंघको जिल्ला समितिले आज सुनवलमा गरेको नगर स्तरीय पौडेलहरुको भेलाबाट सुनवल–१ का विष्णुप्रसाद पौडेलको अध्यक्षतामा पौडेल वंश महासंघको नगर समिति गठन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा तिलकराम पौडेल,सचिवमा ज्ञानुप्रसाद पौडेल,कोषाध्यक्ष माया पौडेल, सहसचिवमा राजन क्षेत्री पौडेल लगायत रहनुभएको छ । महासंघका जिल्ला अध्यक्ष धनञ्जय पौडेलको अध्यक्षता तथा लुम्बिनी प्रदेश सचिवालय सदस्य रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पौडेलले पौडेल बन्धुहरुको साझा घरको रुपमा पौडेल वंश महासंघ स्थापित रहेको भन्दै सबैलाई एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सुनवल नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्वागत सम्मान गरिएको थियो भने महासंघका प्रदेश सल्लाहकार एवं प्राध्यापक शेषकान्त पौडेललाई सम्मान गरिएको थियो । उक्त अवसरमा जिल्ला उपाध्यक्ष विष्णुप्रसाद पौडेल,जिल्ला सदस्य तिलक पौडेल, खगराज पौडेल,प्रदेश सल्लाहार शेषकान्त पौडेल, बर्दघाट नगर अध्यक्ष केवल पौडेल, जितबहादुर पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।