२०८१ पौष ७, आईतबार
24 खबर अपडेट

विनयी त्रिवेणीमा अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम

२०८१ मंसिर २३, आईतबार प्रकाशित ( हफ्ता अघि) ९८ पाठक संख्या

दुम्किबास, २३ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्र्तराष्ट्रिय अभियानको अवसरमा विनयी त्रिवेणी गाउँपालिका वडा नं.३ र ४ मा शनिबार अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा तथा विभिन्न संघसंस्थाको समन्वयमा वडा नं.३ को सुनईमा वडा सदस्य शान्तिदेवि सिंजालि र ४ को सालघारीमा वडा सदस्य पवित्रा परियारको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवारको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिकाका उपाध्यक्ष बैदवारले लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना आवश्यक रहेको बताउदै गाउँपालिकाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्र्तराष्ट्रिय अभियानका क्रममा मात्रै नभई वर्षभरि नै सचेतना कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अस्थायी प्रहरी चौकी सर्दिका सुशीला राजबंशीले लैङ्गिक हिंसाका पिडितहरु अझै पनि खुलेर बाहिर आउन नसकेको बताउदै उजुरी गरेमा दोषीलाई कारबाही हुने र पिडितले न्याय पाउने कुरामा विश्वस्त रहन सबैमा अनुरोध गर्नुभयो ।
वडा नं.३ का वडा सदस्य सिंजालिले आजभोलि हिंसा पिडित पुरुष र अन्यको संख्यामा वृद्धि भएपनि समाजमा महिला बढि हिंसामा पर्ने गरेको बताउदै महिलाहरु स्वयम् न्यायका लागि अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
वडा नं.४ का वडा सदस्य परियारले लैङ्गिक हिंसा अन्त्यमा लागि सबै एकजुट हुनुपर्ने बताउदै महिलालाई सशक्त बनाउन सम्बन्धीत सरोकारवालाहरुले आ आफ्नो क्षेत्रबाट काम गर्नुपर्ने जिकिर गर्नुभयो ।
कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिकाका मनोसामाजिक परामर्शकर्ता यमकला भट्टराई, उद्यम विकास सहजकर्ता सुनिता गुरुङ्ग, जगबहादुर साेमै, दुर्गा बहादुर थापा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा पत्रकार शान्ति बि.क.ले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस