२०८१ पौष ७, आईतबार
24 खबर अपडेट

वेनी महिलाको साधारण सभा सम्पन्न

२०८१ मंसिर २३, आईतबार प्रकाशित ( हफ्ता अघि) १०१ पाठक संख्या

दुम्किबास,२२ मंसिर । वेनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनयी त्रिवेणी गाउँपालिका,नवलपुरको वार्षिक साधारण सभा शनिबार सर्दिमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सिता गहतराजको अध्यक्षता, विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरिको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष भगवती बैदवारको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हाे ।
सभाको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष गिरिले सहकारी मार्फत महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सकिने बताउदै यसले महिला विरुद्ध हुने हिंसा न्यूनिकरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले महिलालाई उद्यमसंग जोड्दै गाउँपालिका भित्रका महिलाको आर्थिक सशक्तिकरणका लागि आफुले काम गरिरहेको र यसमा सफल हुदै समेत गएको जानकारी दिनुभयो ।
सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका उपाध्यक्ष बैदवारले सर्दि क्षेत्रका करिब ८ सय महिलालाई एकबद्ध गर्न सफल भएकोमा संस्थालाई धन्यवाद दिदै महिला सशक्तिकरणका लागि काम गर्न सुझाव दिनुभयो ।
महिलाको बचत गर्ने बानीले समग्र परिवार आर्थिक रुपमा सबल हुने बताउदै हिंसा सहेर नबस्न र आफुमाथि भएको हिंसा विरुद्ध आवाज उठाउन महिलाहरुलाई अनुरोध गर्नुभयो ।
संस्थाका अध्यक्ष सिता गहतराजले संस्थालाई आजको स्थितीमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति, संस्थाप्रति कृतज्ञता ज्ञापन गर्दै सभा सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई धन्यवाद दिनुभयो ।
सभामा भुवनराज बस्याल,गोमा पौडेल,राजु जिसि, टेक प्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साे अवसरमा राजेन्द्र देवकोटा, तिलक पाण्डे ईश्वरी लम्साल र मसिना नेपालीलाई सम्मान गरिएको थियाे ।
सभामा संस्थाका लेखा समिति संयाेजक नारायणी लम्सालले साढे ३ कराेड रुपैया बराबरको आ.ब.२०८०/०८१ काे आयव्यय विवरण पेश गर्नुभएको थियो ।
यसैबीच साधारण सभाको अवसरमा महिलाहरुबीच डोरी तान्ने प्रतियोगीता सम्पन्न भएको छ ।
४ वटा समूह सहभागी प्रतियोगीतामा पिधेरी महिला समूह प्रथम र नयाँगाउँ महिला समूह दोस्रो भएका थिए ।
विजयी समूहलाई सभाका प्रमुख अतिथि विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरि र विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष भगवती बैदवारले संयुक्त रुपमा पुरस्कार रकम प्रदान गर्नुभएको संस्थाका सल्लाहकार शारदा काेइरालाले जानकारी दिनुभयो ।
सभाकाे सञ्चालन संस्थाका सचिव कमला ढकालले गर्नुभएको थियाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस