२०८१ पौष ७, आईतबार
24 खबर अपडेट

विपन्नलाई शव वाहनका लागि निजी गाडी नि:शुल्क उपलब्ध गराउने घोषणा

२०८१ मंसिर २०, बिहिबार प्रकाशित ( हफ्ता अघि) २७५ पाठक संख्या

परासी, २० मंसिर । पश्चिम नवलपरासीको सरावलका एक व्यवसायीले आफ्नो पालिका भित्रका विपन्न परिवारमा कसैको मृत्यु भए आफ्नो निजी गाडी शव वाहनका लागि नि: शुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।
सरावल-७ भुजहवा निवासी व्यवसायी तथा समाजसेवी वीरेन्द्र यादवले उक्त घोषणा गर्नुभएको हो । यादव सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
पैसाको अभावमा मृत्तकको शव व्यवस्थापनमा समस्या नहोस् भनेर पालिकाबासीको दु:खमा साथ दिन उक्त घोषणा गरेको यादवले बताउनुभयो ।
सरावल भित्र बसोबास गर्ने कुनै पनि विपन्न परिवारका सदस्यको मृत्यु भए स्थानीयले ९८५७०४६३१९ वा ९८२१४९२८९० मा फोन गरेर जानकारी दिएपछि आफ्नो पिकअप भ्यान घरमै पठाउने उहाँले बताउनुभयो ।
‘मृत्यु एउटा दुःखको अन्तिम अवस्था हो, यस्तो अवस्थामा पैसाको अभावले कोही पनि समस्यामा पर्नु हुदैन्, दु:खको बेला साथ दिनु हाम्रो पनि जिम्मेवारी हो।’ उहाँले भन्नुभयो ।

शव बाहन नहुँदा जिल्लावासीले निजी सवारी रिजर्भ गर्नुपर्ने बाध्यता छ। जसले गर्दा विपन्न मानिसहरूलाई त शव व्यवस्थापन गर्नै कठिन पनि छ।व्यवसायी यादवको उक्त घोषणाको स्थानीयले प्रशंसा गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस