२०८१ कार्तिक ६, मंगलबार
24 खबर अपडेट

पाल्हीनन्दनका रोशनको हत्यामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

२०८१ कार्तिक २, शुक्रबार प्रकाशित ( दिन अघि) ३२९ पाठक संख्या

मोहन पौडेल
परासी, २ कात्तिक । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ का २० वर्षीय रोशन भन्ने सूर्यकुमार बढईको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्हीनन्दन– ६ का ३० वर्षीय जोगिन्दर बढई, २० वर्षीय सुरज राजभर र १७ वर्षीय नाबालक २०८१ वर्ष १७ ब कुमार (परिवर्तित नाम) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रोशन भन्ने सूर्यकुमारको गत साउन १४ गते विहानको समयमा आफ्नै घरको कोठाभित्र सुतिरहेको अवस्थामा धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो । भाईसँगै खाटमा सुतिरहेको सूर्यकुमारको हत्या हुँदा सँगै सुतेका भाई सन्दिपले समेत थाहा पाएका थिएनन् ।

P3                                                                                                                          तत्कालिन घटनास्थल
अनुसन्धान गर्दै जाँदा घटना भएको दुई महिनापछि यही असोज २३ गते नवलपरासी प्रहरीले जोगिन्दरसहित तीन जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको हो । पक्राउ परेका तीनै जना विरुद्ध जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । उनीहरुले आपसी विवादको रिसिबी साँध्न सूर्यकुमारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटना विवरण
डिएसपी बोहराका अनुसार घटना हुनुभन्दा २ दिन अघि अर्थात साउन ११ गते मृत्तक सूर्य कुमारले घटनाका मूख्य आरोपी जोगिन्दर बढईको श्रीमतीलाई मोटरसाईकलमा राखेर आफन्तको घरमा पुर्याउन जाँदा जोगिन्दरले बाटोमा भेटेपछि विवाद शुरु भएको थियो । उक्त विवादपछि जोगिन्दरले सूर्यकुमारसँग बदला लिन रिसिबी साँधेर उनको हत्याको योजना बनाई साथी सुरज राजभर र परिवर्तीत नाम २०८१ वर्ष १७ ब कुमारलाई जानकारी गराएका थिए ।
योजना बमोजिम घटनाको अघिल्लो दिन साउन १३ गते बेलुकी जोगिन्दर र उनका साथीहरुले सूर्यकुमारसँग बदला लिन उनलाई बोलाएर गाउँको कुटिया माई मन्दिरमा गाँजा सेवन गर्दै बसे तर सूर्यकुमार अन्य साथीहरुसहित पुगेपछि योजना सफल हुन सकेन् । सूर्यकुमारलाई समूहमा देखेपछि जोगिन्दर र सुरज लुकेका थिए भने नाबालाकसँग सामान्य सोधपुछ गरि सूर्यकुमारको समूह फर्कियो । त्यसपछि आरोपी तीनै जनाले गाउँको एक पसलमा मादक पदार्थ सेवन गरि सूर्यकुमारकै घर नजिक बगैचामा रातभर गाँजा सेवन गरेर बसे ।
विहानपख करिब ४ बजेको समयमा जोगिन्दरले आफूले साथमा ल्याएको पखुवा(धारिलो हतियार) सहित सूर्यकुमार सुतेको ठाउँमा गई घाँटी काटेर हत्या गरेका थिए । हत्या पश्चात उक्त हतियार शौचालयको सेफ्टिट्यांकीमा लुकाई जोगिन्दर फरार भएका थिए । फरार भएका जोगिन्दर भागेर भारत बस्दै आएका थिए भने अन्य दुई जना गाउँमै बसेका थिए ।
असोज २३ गते हत्याका मूख्य आरोपी जोगिन्दर भारतबाट आई आफ्नै घरमा लुकिछीपि बसेको सूचना प्रहरीलाई प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जोगिन्दरलाई घरबाटै पक्राउ गर्न सफल भएको हो । साथै शौचालयमा लुकाईएको हतियार पनि प्रहरीले बरामद गरेको छ । अनुसन्धानको क्रममा जोगिन्दरको बयानको आधारमा घटनामा संलग्न देखिएको भन्दै उनका साथी सुरज र अर्का नाबालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

P2

                                                                       प्रहरीले बरामद गरेको हतियार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस