२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

सुनवलमा माईक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु,एक घाइते

२०८१ आश्विन १९, शनिबार प्रकाशित ( हफ्ता अघि) ३४९ पाठक संख्या

परासी, १९ असोज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा माईक्रोबसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार आज साझ साढे ५ बजेको समयमा बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ८४५३ नम्बरको माईक्रोबसले सोही दिशातर्फ जाँदै गरेको लु ७९ प ९१४० नम्बरको मोटरसाइकललाई सुनवल-७ ज्यामिरे चोकमा ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परि मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका -६ स्थित १० नम्बर टोल निवासी ३० वर्षीय ऋषि लम्तरीको मृत्यु भएको डिएसपी बोहराले जानकारी दिनुभयो । गम्भीर घाइते लम्तरीको भलुही मेडिकल कलेजमा उपचारको क्रममा साझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते सोही मोटरसाइकलमा सवार सोही स्थान बस्ने २९ वर्षीय विवेक गुरुङको उपचार भईरहेको छ । खुट्टा र अनुहारमा चोट लागेका गुरुङको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । माईक्रोबस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%

प्रतिक्रिया दिनुहोस