२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनवासीलाई निःशुल्क रगत उपलब्ध गराउन गाउँपालिका र रेडक्रसबीच सम्झौता

२०८१ आश्विन १४, सोमबार प्रकाशित ( हफ्ता अघि) १४३ पाठक संख्या

परासी, १४ असोज । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराईने भएको छ । निःशुल्क रगत उपलब्त्र गराउनका लागि गाउँपालिकाले नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखासँग सम्झौता गरेको छ ।
गाउँपालिकाबासीलाई उपचारको क्रममा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने गरि रेडक्रससँग सम्झौता गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो । गाउँपालिका अध्यक्ष गुप्ता र नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीबीच सोमबार सम्झौता भएको हो । गाउँपालिकाबासीलाई निःशुल्क रगत उपलब्ध गराउन चालु आर्थिक वर्ष २०८१।८२ मा रु दुई लाख बजेट विनियोजन गरिएको अध्यक्ष गुप्ताले बताउनुभयो ।
रगत दान गर्ने रक्तदाताले निःशुल्क रगतदान गर्दै आएपनि रक्त सञ्चार केन्द्रले ब्लड व्याग,रगत परीक्षण, जनशक्ति व्यवस्थापन, रक्त सञ्चार केन्द्रको दैनिक सञ्चालन लगायत प्रयोजनका लागि शुल्क लिनुपर्ने भएकोले गाउँपालिकाबाटै बजेट प्राप्त हुँदा नागरिकलाई सहज रुपमा निःशुल्क रगत उपलब्ध गराउन सजिलो भएको नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र अग्रहरीले बताउनुभयो । रेडक्रसले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरि जिल्लावासीलाई निःशुल्क रगत उपलब्ध गराउन समन्वय गर्दै आएको छ । सुनवल नगरपालिका र प्रतापपुर गाउँपालिकाबाहेक जिल्लाका अन्य सबै स्थानीय तहले निःशुल्क रगत उपलब्ध गराउनका लागि रेडक्रससँग सहकार्य गरेको अध्यक्ष अग्रहरीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस