२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

गण्डक नहरमा नुहाउने क्रममा डुबेर १० वर्षीय बालक वेपत्ता

२०८१ आश्विन १२, शनिबार प्रकाशित ( हफ्ता अघि) १२३ पाठक संख्या

परासी, १२ असोज । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ स्थित गण्डक नहरमा डुबेर एक बालक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा सोही स्थान बस्ने अनवर देवानको छोरा १० वर्षीय अस्लाम देवान रहेको प्रहरीले जनाएको छ ।
आज साँझ घर नजिकै रहेको भारतीय गण्डक नहरमा नुहाउने क्रममा अचानक डुब्न पुगि बालक वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । स्थानीय र प्रहरीको टोलीले बालकको खोजी कार्य गरिरहेको तर हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस