२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

बर्दघाटको जमुनियामा सवारी दुर्घटना हुँदा साईकल यात्रीको ज्यान गयो

२०८१ भाद्र २२, शनिबार प्रकाशित ( हफ्ता अघि) १२६ पाठक संख्या

मोहन पौडेल
परासी, २२ भदौ । परासी–नारायणचोक हुलाकी सडक अन्र्तगत पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३ जमुनियामा शुक्रबार राति भएको सवारी दुर्घटनामा परी एक साईकल यात्रीको ज्यान गएको छ । ज्यान जानेमा सोही वडाको नारायणचोक निवासी ४७ वर्षीय सुरेश चौधरी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाईते चौधरीको उपचारको क्रममा आज विहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार जमुनियाबाट नारायणचोकतर्फ जाँदै गरेको लु ४ प ७६९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउँदै गरेको साईकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा दुवै सवारीका चालक घाईते भएका थिए । दुवै जनालाई उपचारको लागि भैरहवास्थित मेडिकल कलेजमा पठाईएकोमा साईकल यात्री चौधरीको उपचारको क्रममा आज विहान मृत्यु भएको हो । अर्का घाईते मोटरसाईक्ल चालक प्रतापपुर गाउँपालिका–२ गोपीगञ्जका १७ वर्षीय किशोरको उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस