२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

रामग्रामका स्वास्थ्यकर्मी र यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले सँगै मनाए तीज

२०८१ भाद्र १९, बुधबार प्रकाशित ( हफ्ता अघि) १८५ पाठक संख्या

परासी, १९ भदौ । पश्चिम नवलपरासीका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र स्वास्थ्यकर्मीले संयुक्त रुपमा हरितालिका तीज मनाएका छन् । रामग्राम नगरपालिकाका स्वास्थ्यकर्मीहरुले आज तीजको अवसरमा आयोजित कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग छमछमी नाचगान तथा दर खाएर तीज मनाएका हुन् ।
रामग्राम नगरपालिकाको स्वास्थ्य शाखाको आयोजना तथा शुक्रौली स्वास्थ्य चौकी र सशक्तीकरण नेपाल नवलपरासीको सहयोगमा रामग्राम १५ स्थित शुक्रौली स्वास्थ्य चौकी जमुनियामा आज तीज मिलन तथा दर खाने कार्यक्रम आयोजना गरिएको थियो । रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा नगरभित्रका विभिन्न स्वास्थ्य संस्था र नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीहरु, स्वास्थ्यको क्षेत्रमा विभिन्न परियोजना चलाईरहेका ईन्द्रेणी सामाजिक विकास मञ्च, बेस नेपाल, नेपाल रेडक्रस सोसाईटी लगायतका संघ संस्थाका प्रतिनिधि एवं यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा कार्यरत सशक्तीकरण नेपालमा आवद्ध उक्त समुदायका तेस्रो लिंगी महिलाहरुको उल्लेख्य सहभागिता थियो ।
सँधै बिरामीको स्वास्थ्य उपचारमा खटिने स्वास्थ्यकर्मीसँग तीजका भाकामा छमछमी नाचगान गरेर तीज मनाउन पाउँदा निकै उत्साहित बनाएको सशक्तीकरण नेपालकी कार्यक्रम संयोजक पुष्पा लामाले बताउनुभयो । आफ्नो अधिकारका लागि संघर्ष गरिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिको लडाँईमा हौसला हुने र उहाँहरु पनि अन्य महिला, पुरुष जस्तै समान नागरिक हुनुहुन्छ भन्ने सन्देश दिनका लागि पनि मिलेर तीज मनाएको रामग्राम नगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक सुरज हरिजनले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस