२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

रेडक्रस स्थापना दिवसको अवसरमा ४२ बिरामीलाई फलफूल वितरण

२०८१ भाद्र १९, बुधबार प्रकाशित ( हफ्ता अघि) १४४ पाठक संख्या

परासी,१९ भदौ । नेपाल रेडक्रस सोसाईटीको ६२ औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले बिरामीलाई फलफूल वितरण गरेको छ । सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचार गराईरहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको रेडक्रसले जनाएको छ ।
नेपालमा रेडक्रस स्थापना भएको दिनलाई अवसर पारि अस्पतालमा उपचाररत ४२ जना विरामीलाई फलफूल वितरण गरि स्वास्थ्य लाभको कामना गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्रप्रसाद अग्रहरीले जानकारी दिनुभयो । उक्त अवसरमा सभापति अग्रहरीले रेडक्रसले जिल्लामा सञ्चालन गरिरहेका गतिविधिबारे प्रकाश पार्दै स्वार्थरहित सेवा नै रेडक्रसको मूल परिचय रहेको बताउनुभयो ।
बाढी,डुबान,आगलागी लगायतका विपत्ती तथा मानवको स्वास्थ्यको क्षेत्रमा रेडक्रसले उल्लेख्नीय योगदान गर्दै आएको भन्दै सभापति अग्रहरीले सबै रेडक्रसकर्मीमा थप हौसलाका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रेडक्रस जिल्ला शाखाका उपसभापति माया अग्रहरी,मन्त्री ऋषिराम सुवेदी,उपमन्त्री सुरज केसी लगायतका पदाधिकारी तथा कार्यकार्य सदस्यहरुको सहभागिता रहेको थियो । फलफूल वितरण अघि रेडक्रस जिल्ला शाखाको कार्यालयमा रेडक्रसका जन्मदाता जाँ हेनरी ड्यूनाको तस्वीरमा माल्यार्पण गरिएको थियो । नेपाल रेडक्रस सोसाईटीको स्थापना वि.स.२०२० साल भदौ १९ गतेका दिन भएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस