२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

पश्चिम नवलपरासीको वार्षिक प्रगति समिक्षा,नतिजामुखी विकास आवश्यक : प्रधान

२०८१ भाद्र ६, बिहिबार प्रकाशित ( हफ्ता अघि) २५७ पाठक संख्या

मोहन पौडेल
परासी,६ साउन । पश्चिम नवलपरासी जिल्लाको आर्थिक वर्ष २०८०/०८१ को जिल्ला स्तरीय वार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति पश्चिम नवलपरासीको आयोजनामा आज परासीमा सम्पन्न उक्त कार्यक्रममा जिल्लास्थित स्थानीय तह तथा प्रदेश र संघ मातहतका निकायबाट एक वर्षमा भएका क्रियाकलापको समीक्षा गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री ध्रुव बहादुर प्रधानले जनतालाई केन्द्रमा राखेर सेवाप्रवाह र विकास योजना सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
जनताले चाहेका र जिल्लाको आवश्यकतालाई मध्यनजर गरि प्राथमिकताको आधारमा गरिने विकास मात्रै नतिजामुखि र दिगो हुने उहाँले जोड दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जिल्लामा रहेका सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालित कार्यक्रम तथा योजनाको अवस्था र यसको प्रभावको विषयमा एकैथलोमा समीक्षा गरिएको बताउनुभयो । समिक्षाको क्रममा आएका असल अभ्यासहरुको आदानप्रदान हुने र यहाँबाट प्राप्त सुझावको आधारमा कमिकमजोरी सुधार गर्ने अवसर समेत रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्थित सातै स्थानीय तह तथा प्रदेश र संघ मातहतका गरि २० वटा सरकारी कार्यालयले गत आ.व.२०८०/८१ मा सम्पन्न गरेका भौतिक तथा वित्तीय प्रगति,असल अभ्यास,समस्या तथा बजेट कार्यान्वयनको बारेमा प्रस्तुति गरेको जिल्ला समन्वय समितिका शाखा अधिकृत कृष्ण पन्थीले जानकारी दिनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल,रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव,सुनवल नगरपालिकाकि प्रमुख बिमला अर्याल,बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ,पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता,सरावल गाउँपालिका अध्यक्ष सुखाडी चौधरी,प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव,सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्याय,प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ,नेपाली कांग्रेसका कार्यबाहक जिल्ला सभापति विक्रम यादव,नेकपा एमालेका प्रदेश सदस्य वीरेन्द्र यादव,जसपा नेपालका जिल्ला अध्यक्ष धरेन्द्र यादव,लोसपाका जिल्ला अध्यक्ष मुकुरजी गिरी,जिल्ला समन्वय समितिका उपप्रमुख रामदयाल गुप्ता लगायतले जिल्लाको विकासमा जोड दिनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस